भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

‘नयाँ नेयमार’ काे गोल वर्षा

‘नयाँ नेयमार’ काे गोल वर्षा

स्पेन। च्याम्पियन्स लिगमा गालातासारेबिरुद्ध ह्याट्रिक गर्दै विश्व फुटबलमा ब्राजिलियन फरवार्ड रोड्रिगोले आफ्नो आगमनको संकेत दिएका छन् । रोड्रिगोको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले गालातासारेलाई ६–० को विशाल अन्तरले पराजित गर्न सफल रह्यो ।

ब्राजिलिन क्लबबाट स्पेन आइपुगेका रोड्रिगोलाई ‘नयाँ नेयमार’ पनि भन्ने गरिन्छ । ५ फिट ९ इन्च अग्ला युवा खेलाडीको उचाइँ पनि नेयमार जत्तिकै छ । रियल आएपछि क्लबका लागि सबै प्रतियोगितामा ६ खेलमा ५ गोल गरेका छन् । रोड्रिगोले खेलको चौथो मिनेटमा नै रियललाई अग्रता लिाएका थिए भने सातौँ मिनेटमा अग्रता दोब्बर बनाए ।

खेलको १४ औँ मिनेटमा कप्तान सर्जियो रमोशले पेनाल्टीबाट गोल गर्दै रियलको अग्रता फराकिलो बनाए भने करिम बेन्जेमाले पहिलो हाफ सकिन लाग्दा अर्को गोल थपे । गोलसँगे बेन्जेमाले लगातार १५ औँ च्याम्पियन्स लिगको सिजनमा गोल गर्न सफल भएका छन् । यो उपलब्धि हासिल गर्ने उनी बार्सिलोनका लियोनेल मेस्सीपछि दोस्रो खेलाडी हुन् ।

 


Thali Mobile Pvt.Ltd.