भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नयाँ वर्ष २०७९ को अवसरमा टाउन वेल्स रेष्टुरेन्ट मकाउमा पहिलो पटक लाइभ दोहोरी

नयाँ वर्ष २०७९ को अवसरमा टाउन वेल्स रेष्टुरेन्ट मकाउमा पहिलो पटक लाइभ दोहोरी

मकाउ । नेपालीहरुको नयाँ बर्ष २०७९ सालको पावन अवसरमा सहयोगी हातहरु मकाउद्वारा पहिलो पटक लाइभ दोहोरी साँस्कृतिक कार्यक्रम आयोजना भएको छ ।

बिहिबार टाउन वेल्स रेष्टुरेन्ट मकाउ स्थित (अप्रिल १४ तारिख) नेपाली नयाँ वर्ष वि.स. २०७९ सालको अवसर पारी नेपाली कल्चरल इभेन्ट इन मकाउ कार्यक्रम आयोजना गरेको हो ।

१२५ जना सहभागि नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले शुभकामा आदन प्रदान गरेर नयाँ वर्ष मनाएको हेल्पिङ हेन्स मकाउका अध्यक्ष सुदर्शन थापा मगरले बताए ।

निर्देशक उदय वाग्ले, अध्यक्ष सुदर्शन थापा, मकाउका सरकारी अफिसर, मगर संघ मकाउका अध्यक्ष हिरा थापा, किरात याक्थुङ चुम्लुङ मकाउका अध्यक्ष, जन्सम्पर्क समिती मकाउ सभापति चन्दी प्रसाद योङ्या,

किरात यायोखा मकाउ अध्यक्ष रकेश राइ, तामाङ घेदुङ संघ मकाउ उपाध्यक्ष सन्तोष पाक्रिन, गुरुङ तमु सँग मकाउ अध्यक्ष गोरे गुरुङ, तमु समाज मकाउ महिल संयोजक नयन गुरुङ, शेर्पा समाजका प्ररिनिधी, नेपाल जनजाति संघ मकाउ प्रतिनिधि,

महा सचिब सुरेश सुनुवार, जन प्रगतीशिल मन्च मकाउ अध्यक्ष सोनु पन्त सहभागि थिए । सरकारले कोभिड–१९ का कारण मकाउ प्रवेशमा कडाई गरेकाले राष्ट्रिय कलाकार आमन्त्रण गर्न सम्भव नभएको भन्दै मकाउमै रहेका स्थानीय कलाकार

सुमन रेक्मी र संगीता खनाल, समित भुषाल, प्रकाश शर्मा, कान्ति पनेरु लामीछाने, रोशन महर्जन, मिराज थापा, सुनिल चेपाङ लगायत स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

नृत्यमा पुजा मगर, सञ्जु नगरकोटी, सम्झना तमखु श्रेष्ठ र आयुष खड्काले बेजोड प्रस्तुति राखेका थिए । मगरसंघ मकाउका वरिष्ठ उपाध्यक्ष राम रानामगर, तामाङ घेदुङ संघ मकाउका उपाध्यक्ष कल बहादुर तामाङ्ले कार्यक्रममा साँस्कृतिक अनुगमन गरेका थिए  ।

उत्कृष्ट नृत्य प्रदर्शन पुरस्कार सम्झना तमखु श्रेष्ठले हात पारिन भने उत्कृष्ट भेषभुषा पुरस्कार त्रिपक श्रीस मगर र पूजा मगर, उत्कृष्ट पोशाक पुरस्कार निश गोम्जाले हात पारेको साँस्कृतिक संयोजक त्रिपक श्रीसले बताए ।

दोहोरी गाउने सबै कलाकारलाई उत्प्रेरणा जगाउन १००० रकम प्रदान गरिएको थियो । कार्यक्रमको संयोजन संगिता खनालले गरेकी थिइन भने सञ्चालन नेपाली सहयोगी हातहरु मकाउका सदस्य निर्मला थापा मगरले गरेकी थिइन् ।
तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.