भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सातौं पटक मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका हुन् । पुुष १० मा नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर शुक्रबार मन्त्रीमण्डल पुनर्गठन र हेरफेर गरेका हुन् ।

शपथग्रहण गर्नेहरुमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्री, शक्ति बस्नेत उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, वेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री, अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका छन्।

यसअघि उपप्रधानसहित भौतिक मन्त्रालयको जिम्मेवारी पाएका माओवादी नेता नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पूनर्गठित मन्त्रिमण्डलमा नेपाली कांग्रेसले ४, एकीकृत समाजवादी २, जसपा १, लोसपा १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रालय पाएका छन् ।

यस पटक पनि मन्त्रीमण्डलले पूूर्णता भने पाएको छैन् । जसमा प्रधानमन्त्री प्रचण्डले कानुन न्याय तथा संसदीय,परराष्ट्र, युवा तथा खेलकुद, वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय आफैसँग राखेका छन् ।

 


Thali Mobile Pvt.Ltd.