भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नाकामा नागरिकले गर्न पाएनन् आवतजावत

नाकामा नागरिकले गर्न पाएनन् आवतजावत

काठमाडौँ । सरकारले भारत र चीन तर्फका थप १६ वटा नाका सञ्चालन गर्ने निर्णय गरे पनि सबै नाकामा सर्वसाधारणले आवतजावत गर्न पाएका छैनन् । गृह मन्त्रालयबाट जानकारी नआएका कारण नाका सञ्चालन गर्न नसकिएको प्रशासनले जनाएको छ ।

कोरोना संक्रमणका कारण लकडाउनसँगै गत चैतदेखि बन्द सीमा नाका बिहीबारदेखि सरकारले खुलाउन सर्कुलर गरिसकेको छ । यता
लुम्बिनी प्रदेशको रूपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाका पहिले नै पैदल आउजाउ खोलिएको थियो ।

कपिलवस्तुका कृष्णनगर र मर्यादपुर नाका खुलेको सार्वजनिक भएपनि निर्देशन नआएकाले नाका नखोलेको इप्रका कृष्णनगरका प्रमुख निरीक्षक सुकदेव पौडेलले बताए । पश्चिम नवलपरासीको भारतीय नाका बन्द छ ।

महेशपुर मूल भन्सार र चारवटा छोटी भन्सार पनि बन्द रहे । यसअघि इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा र मोरङको रानी नाकाबाट मात्रै सर्वसाधारणको सहज आवागमन खोलिएको थियो । सुनसरीको भन्टाबारी नाकाबाट भने शुक्रबारदेखि नै सर्वसाधारणको आउजाउ सुरु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.