भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादति, सरकार मुकदर्शक

नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादति, सरकार मुकदर्शक

महोत्तरी । सम्सी नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ज्यादति गरेको घटना बाहिर आएको छ । एसएसबीका जवानले नेपाली युवालाई कुटपिट गरेको भन्दै स्थानीय विरोध प्रदर्शनमा उत्रिएका छन् । सम्सी गाउँपालिका–७ का सन्तोकुमार साहलाई एसएसबीले कुटपिट गरेपछि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

सीमा क्षेत्रमा एसएसबीले नेपाली नागरिकताको प्रमाणपत्र खोजेको विषयमा विवाद भएको र बुधबार दिउसो साहलाई कुटपिट गरेको स्थानीयको भनाइ छ । नेपाल तर्फको बाटो विग्रिएकाले दशगजा क्षेत्रका नेपालीहरु भारतीय सडक हुँदै आउ–जाउ गर्नुपर्ने बाध्यता छ । सीमा क्षेत्रमा एसएसबीले पटक–पटक दुःख दिने गरेको गुनासो स्थानीयको छ ।

एसएसबीका जवानले नेपालीमाथि र्व्यवहार र कुटपिट गर्ने गरेको यो घटना नौलो होइन भन्छन् । सीमा क्षेत्रका नेपालीहरुले सम्सी नाकामा साँझ विरोध प्रदर्शन गरेका हुन् । यो विषयमा दुवै पक्ष बसेर छलफल गर्ने बताएपछि स्थानीयले प्रदर्शन रोकेको सशस्त्र प्रहरी गण सम्सीका इन्सपेक्टर जयराम बस्नेतले बताए ।

पटक–पटक भारतीय एसएसबीका जवानबाट कुटपिट र दुर्व्यवहारको घटना हुने गरेको स्थानीयको गुनासो रहेकाले यस विषयमा अब हुने दुई देशको सुरक्षा बैठकमा समेत छलफल गरिने इन्सपेक्टर बस्नेतले बताए ।

 


Thali Mobile Pvt.Ltd.