भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

‘उपभोक्ताको हक सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ’

‘उपभोक्ताको हक सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ’

ललितपुर । उपभोक्ताको हकको सुनिश्चितताका लागि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय तीनै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज ललितपुरमा आयोजित अन्तक्रियाका वक्ताहरुले उपभोक्ता अधिकारका लागि सबै पक्ष जागरुक र सक्रिय हुनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अधिकार प्राप्त गर्ने पक्ष जागरुक र सचेत नहुँदा ठगिने अवस्था आउँछ भन्नुभयो । उहाँले उपभोक्ताको अधिकारका लागि व्यवसायीलाई मात्र गाली गर्नेभन्दा पनि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय नै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उपभोक्ताको हकको सुनिश्चितताका साथै व्यवसायीको संरक्षण गर्नु नियमनकारी निकायको जिम्मेवारी हुने उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उपभोक्ताको अधिकार संरक्षणमा व्यवसायी, उपभोक्ता र नियमनकारी निकायको समान दायित्व रहेको बताउनुभयो । “तीनै पक्षको समान भूमिका र बुझाइ आवश्यक छ । नियमन गर्नु हाम्रो दायित्व हो । हामीले अनुगमन गर्दा प्रदेशसँग समन्वय गरेर अनुगमन गर्छौँ । अनुगमनका नाममा कसैलाई त्रसित बनाउने हाम्रो मनसाय छैन ।” प्रजिअ आचार्यले भन्नुभयो ।

विश्व उपभोक्ता अधिकार दिवस मार्च १५ को सन्दर्भमा जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजना र ललितपुर महानगरपालिकाको सहयोग तथा राष्ट्रिय उपभोक्ता मञ्च ललितपुरको सहजीकरणमा ‘सार्वभौम उपभोक्ता र नियमनकारी निकायको भूमिका’ विषयक अन्तक्र्रियामा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योले अनुगमन गर्दा सम्बन्धित क्षेत्रको एक जना विज्ञ राख्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय सहकारीले बचत फिर्ता नगर्दा समस्या भएको र चेक बाउन्सको समस्या धेरै भएको बताउनुभयो ।

ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यले केन्द्रीय, प्रदेश तथा स्थानीय तहका छुट्टाछुट्टै अनुगमन गर्ने संयन्त्र हुनुभन्दा एउटै भए राम्रो हुने तर्क गर्दै चाडपर्वमा मात्रै अनुगमन गर्ने पद्धति गलत भएको तर्क गर्नुभयो । ललितपुर उद्योग वाणिज्य सङ्घका महासचिव रुपकमान महर्जनले बाह्रै महिना बजार अनुगमन हुनुपर्ने बताउँदै अनुगमन गर्दा व्यवसायी सचेतना कार्यक्रम गर्नु आवश्यक रहेको बताउनुभयो ।

साना तथा घरेलु उद्योग कार्यालय ललितपुरकी उद्योग अधिकृत भूमिका ओझाले व्यवसायीमा कानुनी चेतनाको अभाव भएको बताउँदै अनुगमन गर्दा सम्झाएर नटेरेको खण्डमा मात्रै जरिमाना गर्ने गरेको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.