भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

नागरिकता समस्या समाधान गर्न खुल्ला सिमाना बन्द गर्नुपर्छ : सांसद सुवाल

नागरिकता समस्या समाधान गर्न खुल्ला सिमाना बन्द गर्नुपर्छ : सांसद सुवाल

काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न खुल्ला सिमाना बन्द गर्नुपर्ने बताएका छन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नागरिकता सम्बन्धी समस्या समाधान गर्न सीमानामा काँडेतार लगाउँनै पर्ने वेला आएको बताएका हुन । उनले नेपाली सेनाले खुल्ला सीमा बन्द गर्नुपर्ने विषय उठाएको बताउँदै आकाशको सीमा समेत अध्ययन गर्नु पर्ने सेनाले बताएको उल्लेख गरे ।

सांसद सुवालले सार्वभौकिताका लागि सीमानामा तारबार लगाउनु पर्ने बताउदै सीमानामा तारबार लगाउँन जम्मा ४७ अर्ब रुपैयाँ लाग्ने भएकाले यो बजेट सरकारले असारमा गर्ने विकासको दुई दिने बजेट भएको उल्लेख गर्दै सीमानामा पर्खाल किन नलगाउँने भन्दै प्रश्न समेत गरे । उनले दुई दिनको बजेटले सीमा रक्षा र नागरिकता समस्या समाधान हुन्छ भने आँखा चिम्लेर बजेट व्यवस्थापन गर्न सरकारसंग माग समेत गरे ।

सांसद सुवालले नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताए । उनले सम्बन्धीत समितिमा छलपल मात्रै होइन जनतासंग पनि छलपल गर्नुपर्ने कार्यसूची बनाउन आग्रह गरे । नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने सांसद सुवालले बताए । उनले अहिलेको राष्ट्रियताको परिभाषा फेर्नु पर्ने वेला आएको बताउदै सन्तुलित राष्ट्रियतालाई ध्यान दिनुपर्ने बताए ।

सांसद सुवालले राष्ट्रियता भन्नु नै सारा देश भएको बुझ्न आग्रह गर्दै अहिलेको राष्ट्रियताले राष्ट्रियताको हत्या गरेको आरोप लगाए । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने बताउँदै जन्मको आधारमा दिएको नागरिकता विदेशीले पनि पाएकाले छानबिन गरी खारेज गर्नुपर्ने बताए । नागरिकता विद्येयक पास गर्नुपर्छ भन्ने एक बुदे कार्यसूचीले हिटलर, मुसोलिनी र मोदी जन्माउने भएकाले प्रजातन्त्रलाई फासीवादको रुपमा नभई प्रजातन्त्रकै रुपमा विकास गर्नु पर्ने सांसद सुवालको तर्क छ ।

 


Thali Mobile Pvt.Ltd.