भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

नाग्म पहिरोमा चार जनाको मृत्यु, तीन बेपत्ता

नाग्म पहिरोमा चार जनाको मृत्यु, तीन बेपत्ता

कालीकोट । तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ । पहिरोले तीन घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । स्थानीय पर्याक शाहीको घर पहिराले पुरेको छ ।

पहिरामा परी ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए । मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्जुन हमालको उद्धार गरि उपचार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

बेपत्ताको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ । घटनामा के कति मानवीय क्षति भएको भन्ने एकिन विवरण आउन बाकी छ ।

 


Thali Mobile Pvt.Ltd.