भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

कोही नभएको मौका पारी बालिकालाइ अनैतिक क्रियाकलाप गर्ने पक्राउ

कोही नभएको मौका पारी बालिकालाइ अनैतिक क्रियाकलाप गर्ने पक्राउ

नुवाकोट । जबर्जस्ती करणी उद्योगमा आज एक व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ ।

विदुर नगरपालिका–९ कोलनी बस्ने ४८ वर्षीय सुरेश श्रेष्ठलाई शनिबार साँझ सोही स्थानमा निर्माणाधीन टिनको कटेजमा एक बालिकालाई कोही नभएको मौका पारी पैसा दिन्छु भनी अनैतिक क्रियाकलाप गरेको अभियोग लगाइएको छ ।

पीडितका आफन्तकी छोरीले सो घटना देखेपछि प्रतिवादी श्रेष्ठ भागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए । उनका अनुसार पीडित बालिकाले आफ्नो परिवारलाई घटनाबारे जानकारी दिएपछि प्रहरीले तत्कालै श्रेष्ठलाई पक्राउ गरी आज उनीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ।

अभियुक्त श्रेष्ठलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.