नीति तथा बजेटमाथि समिक्षा गर्दै आठबीस नगरको बैठक सम्पन्न, भदौ मसान्त भित्र योजनाहरुको सम्झौता गर्न आग्रह

नीति तथा बजेटमाथि समिक्षा गर्दै आठबीस नगरको बैठक सम्पन्न, भदौ मसान्त भित्र योजनाहरुको सम्झौता गर्न आग्रह

राकम कर्णाली दैलेख । आठबीस नगरपालिका राकम कर्णाली दैलेखको ८० औं कार्यपालिका बैठक सम्पन्न भएको छ ।

नगर प्रमुख तर्क बहादुर बडुवालको अध्यक्षतामा बसेको बैठकले नगरभित्रका समस्यामा केन्द्रीत रहेर समाधानका उपायसहित महत्वपूर्ण निर्णय गरेको आठबीस नगरपालिकाले जनाएको छ ।

बैठकमो नगर सभाबाट पारित र्भएको नीति तथा बजेट माथि गहन छलफल भएको र उपभोक्ता समितिहरुले भाद्र मसान्त भित्रै सम्म प्रक्रिया सम्पन्न गरी सम्झौता सहित विकास निर्माणका कार्यलाई सुचारु गर्न आग्रह गरिएको मेयर तर्कबहादुर बडुवालले बताए ।

नगर स्वास्थ्य समिति गठन, शिक्षा समितिको पूर्णता, वडा कार्यालय बनाउन ताकेता र नभएको ठाउँमा कार्यालय बनाउन जग्गा छनौट, जग्गा विवाद सुल्झाउन नगर कार्यपालिका सदस्य कलम कामीको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेकाे प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए ।

भूमी समस्या समाधानका लागि नगर स्तरीय भूमी व्यवस्था सहजीकरण समिति गठन लगायतका महत्वपुर्ण निर्णय गरेको प्रवक्ता वीरबहादुर नेपाली (मार्क्सवादी)ले बताए ।

 


Thali Mobile Pvt.Ltd.