भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

नेकपा एसका नवनियुक्त मन्त्री चौधरीले मतदातालाई दिए धन्यवाद

नेकपा एसका नवनियुक्त मन्त्री चौधरीले मतदातालाई दिए धन्यवाद

दाङ । शहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रीको पदभार ग्रहण गरेलगतै मतदाताहरुलाई धन्यवाद दिएका छन् । गृहजिल्ला दाङ पुगेका चौधरीले आफूलाई विजयी बनाकाले नै मन्त्री बनेको भन्दै धन्यवाद दिएका हुन ।

मन्त्री चौधरीले आफ्नो क्षेत्रको विकासमा आफूले पहलहरु गरेर विकासका कार्यक्रम र योजना ल्याएको बताए । मन्त्री बनेकाले थप कार्यक्रम र योजना ल्याउने बताए । जनताको मागलाई सक्दो प्रयास गरेर पूरा गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री चौधरीले आफ्नो निजी सचिवालयमार्फत योजना, कार्यक्रम र माग तथा समस्याहरु टिपाएर सहयोग गर्न आग्रह गरे । उनले भने, ‘म कहिले संसदमा हुन्छु। कहिले समितिहरुको बैठकमा हुन्छु । त्यो बेला मोबाइल नउठेको हुन सक्छ । त्यसलाई अन्यथा नलिइदिनु होला ।’

 


Thali Mobile Pvt.Ltd.