नेकपा एसका नवनियुक्त मन्त्री चौधरीले मतदातालाई दिए धन्यवाद

नेकपा एसका नवनियुक्त मन्त्री चौधरीले मतदातालाई दिए धन्यवाद

दाङ । शहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्रीको पदभार ग्रहण गरेलगतै मतदाताहरुलाई धन्यवाद दिएका छन् । गृहजिल्ला दाङ पुगेका चौधरीले आफूलाई विजयी बनाकाले नै मन्त्री बनेको भन्दै धन्यवाद दिएका हुन ।

मन्त्री चौधरीले आफ्नो क्षेत्रको विकासमा आफूले पहलहरु गरेर विकासका कार्यक्रम र योजना ल्याएको बताए । मन्त्री बनेकाले थप कार्यक्रम र योजना ल्याउने बताए । जनताको मागलाई सक्दो प्रयास गरेर पूरा गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री चौधरीले आफ्नो निजी सचिवालयमार्फत योजना, कार्यक्रम र माग तथा समस्याहरु टिपाएर सहयोग गर्न आग्रह गरे । उनले भने, ‘म कहिले संसदमा हुन्छु। कहिले समितिहरुको बैठकमा हुन्छु । त्यो बेला मोबाइल नउठेको हुन सक्छ । त्यसलाई अन्यथा नलिइदिनु होला ।’

 


Thali Mobile Pvt.Ltd.