भर्खरै : Sorry, your browser does not support inline SVG.

नेकपा एसको मेची महाकाली अभियान सुरु

नेकपा एसको मेची महाकाली अभियान सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आजदेखि मेची महाकाली जागरण यात्रा अभियान सुरु गर्दैछ । पार्टीले शनिबार झापाको काँकरभिट्टामा पत्रकार भेटघाट कार्यक्रम गर्दै यात्राको तयारी पूरा भएको जनाएको हो ।

पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले यात्राका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने जानकारी दिए । आइतबार बिहान ११ बजेबाट सुरू हुने यात्रामा पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहित उच्च नेताहरुको सहभागिता

रहने जनाइएको छ । झापाका तीन स्थान काँकडभिट्टा, बिर्तामोड र दमकमा कार्यक्रम हुने एकीकृत समाजवादीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.