भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

नेपालकाे आकाशमा यती समूहकै मात्र १४ दुुर्घटना, एक सय ६९ जनाको मृत्यु

नेपालकाे आकाशमा यती समूहकै मात्र १४ दुुर्घटना, एक सय ६९ जनाको मृत्यु

काठमाडौं । हालसम्म नेपालमा यती समूहकै १४ जहाज दर्घटना भएका छन् । आन्तरिक उडानतर्फ यती समूहले सञ्चालन गरेका यती एयरलाइन्स र तारा एयरका १४ जहाज दुर्घटना भएका हुन । यती समूूहका मात्रै जहाज दुर्घटमा चालक दलका सदस्यसहित १ सय ६९ जनाले ज्यान गुमाएको तथ्यांक रहेको छ ।

आइतबार पोखरामा यतीको एटिआर ७२ जहाज दुर्घटनामा आन्तरिक उडानतर्फ अहिलेसम्मकै ठूलो दुर्घटना मानिन्छ । जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार सबैको एकै चिहान भएको छ । पोखरा दुर्घटनामा जहाज सेतीको खोँचमा खसेको थियो ।

०५५ जेठमा स्थापना भएको यती एयरलाइन्सको जहाज मानवीय क्षति हुने गरी पहिलोपटक १२ जेठ ०६१ मा दुर्घटना भएको थियो । त्यसपछि सोलुखुम्बुको लमजुरामा ट्विनअटर जहाज दुर्घटना हुँदा तीनजनाको मृत्यु, २९ जेठ ०६३ जुम्ला एयरपोर्टमा ट्विनअटर जहाज दुर्घटना हुँदा नौ जनाको मृत्युु, २२ असोज ०६५ मा लुक्ला एयरपोर्टमा यतीकै जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, २९ मंसिर ०६७ तारा एयरको जहाज ओखलढुंगामा दुर्घटना हुँदा २२ जनाको मृत्यु ।

गत १६ जेठमा मुस्ताङको थासाङ गाउँपालिका– २ स्थित मानापाथी हिमालको फेदी सानोसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको तारा एयरको कलसाइन ९ एन–एइटी’ जहाज दुर्घटनामा १९ यात्रुसहित २२ जनाको मृत्यु , १५ जेठमा पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटना हुँदा चालक दलका तीन सदस्य र १९ यात्रु मृत्यु, १२ फागुन ०७२ मा तारा एयरको जहाज दुर्घटना हँुदा २३ जनाको मृत्यु हुने गरी भयो ।

पोखराबाट जोमसोमतर्फ जाँदै गरेको जहाज म्याग्दीको दानामा दुर्घटनामा परेको थियो । यती समूूहका ७ दुर्घटनामा मानवीय क्षती नभएको र ७ दुर्घटनामा मानवीय क्षति भएको क्यानको तथ्यांकमा रहेको छ । नेपाली आकाशमा पहिलोपटक एटिआर जहाज मानवीय क्षति हुने गरी दुर्घटनामा परेको हो तर पनि नेपाली आकाशमा एटिआर जहाजको उडान नेपालमा सुरक्षित मानिन्छ ।

 


Thali Mobile Pvt.Ltd.