भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

प्रधान सेनापति ट्रफि–२०७९ शुरु, प्रतियोगिता बैशाख १० गतेसम्म संचालन हुने

प्रधान सेनापति ट्रफि–२०७९ शुरु, प्रतियोगिता बैशाख १० गतेसम्म संचालन हुने

काठमाडौं । प्रधान सेनापति ट्रफि–२०७९ खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जङ्गी अड्डास्थित खेल मैदानमा समुद्‍घाटन गरेका हुन । २०८० बैशाख १० गतेसम्म संचालन हुने प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका १४ वटा टिमहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठले प्रतियोगिता भव्यरुपले सम्पन्न हुने बताए । कार्यक्रममा सहभागी पृतना तथा बाहिनीहरुबाट मार्चपास तथा खेलाडीहरुबाट विभिन्न खेल विधा सम्बन्धी कला प्रस्तुत गरिएको थियो ।

संसारमै दुर्लभ एक सिङ्गे गैँडाको संरक्षणमा नेपाली सेना संलग्न भई विभिन्न वर्षहरुमा श्भचय एयबअजष्लन थ्भबच मनाउन सफल भएको कुरालाई मध्यनजर गरी यस वर्षको प्रधान सेनापति ट्रफि प्रतियोगितामा एक सिङ्गे गैँडालाई मास्कटको रुपमा राखी खेलाडीहरुबाट एक सिङ्गे गैँडाको मास्कट समेत प्रदर्शन गरिएको थियो ।

समुद्‍घाटन समारोहमा सम्पन्‍न महिला तथा पुरुष १५०० मिटर दौडका विजेतालाई प्रधान सेनापतिले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरु संचालन हुने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना भित्र रहेका खेलाडीहरुको प्रतिभा पहिचान गरी उनीहरुको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यले प्रधान सेनापति ट्रफि २०६५ सालबाट प्रतियोगिता शुरु गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.