भर्खरै : Sorry, your browser does not support inline SVG.

नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्दा १८३ जनाको मृत्यु, फोकल पसर्न फेरिए (भिडियोसहित)

नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघ्दा १८३ जनाको मृत्यु, फोकल पसर्न फेरिए (भिडियोसहित)

काठमाडौं । नेपालमा थप ११११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।

डा. जागेश्वर गौतमले जानकारी दिएको जानकारी अनुसार कोरोना संक्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ । बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन् ।

हालसम्म १८३ जना संक्रमितको मृत्यु
थप आठ जना कोरोना संक्रमितको मृत्यु भएसंगै कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छ । आठ वटा जिल्लाका ५ महिला र ३ पुरुष गरी आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो । काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष, कास्कीकी ३२ वर्षीय एक महिलाको मृत्यु भएको गौतमले बताए । कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको छ। नेपालमा मृत्युदर शून्य दशमलव ५२ प्रतिशत रहेको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/374325473563324/

उपत्यकामा थपिए ३७७ संक्रमित
उपत्यकामा ३७७ जना कोरोना संक्रिमत थपिएका छन् । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ३ सय ९७ पुगेको छ । बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएका हुन । एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९६ पुगेको छ। देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

कुन जिल्लामा कति ?
प्रदेश १ को खोटाङमा १, मोरङमा २०, संखुवासभामा ४ र सुनसरीमा ३८ जना संक्रमित भेटिएका छन्। प्रदेश २ को धुनषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६ र सिराहाका ७ जनामा कोरोना पुष्टि भएको छ।

बागमती प्रदेशको काठमाडौंका २ सय ७०, काभ्रेको १३, चितवनको ४५, दोलखाका २, धादिङका १, नुवाकोटका ७, भक्तपुरका ४१, मकवानपुरका ६३, रामेछापका ६, ललितपुुरका ६६, सिन्धुपाल्चोकका ३ र सिन्धुलीका ५ जनामा कोरोना पाइएको छ। यस्तै, गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा १, तनहुँमा ११, नवलपरासी पूर्वमा १७, पर्वतमा १, लमजुङमा ३ र बागलुङमा ८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को कपिलवस्तुका २१, गुल्मीका ३, दाङका २, नवलपरासीका १८, प्युठानका ४, बर्दियाका १, बाँकेका ७५ र रुपन्देहीका ७२ जना छन्। कर्णाली प्रदेशको जाजरकोटमा ५, दैलेखमा १२ र सुर्खेतमा ९ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ६, कैलालीमा २०, डोटीमा ६, बझाङमा १ र बैतडीमा १७ जनामा कोरोना पाइएको छ।

कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ४७ हजार ८ सय ८१ पुगेको छ। कुल संक्रमितमध्ये १५ हजार २ सय ७३ जना सक्रिय संक्रमित छन् । क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या ९ हजार ४ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ।

फोकल पसर्न परिवर्तन
स्वास्थ्य मन्त्रालयको कोभिड १९ को फोकल पर्सनको जिम्मेवारी प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।
महानिर्देशकको जिम्मेवारीबाट उनलाई सिसिएमसीको जिम्मेवारीमा लगिएको अढाई महिनापछि उनलाई कोभिड १९ सँगै मन्त्रालयको नीति योजना र गुणस्तर महाशाखाको जिम्मेवारी दिइएको हो ।

सिसिएमसीको जिम्मेवारी पनि यथावत् राखिएको छ। स्वास्थ्यमन्त्री मन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निणर्य अनुसार श्रेष्ठलाई जिम्मेवारी दिएको बताए । यसअघि फोकल पर्सनको जिम्मेवारी स्वास्थ्य सचिवलाई दिइएको थियो । सचिवले प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई सो जिम्मेवारी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.