भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

यो तस्बीर जसले १०० वर्ष अघिको झल्को आउँछ

यो तस्बीर जसले १०० वर्ष अघिको झल्को आउँछ

काठमाडौं । संसारमा अहिले कोरोनाभाइरसले तहल्का मचाईरहेको छ । अर्थात महामारी फैलिँदै गएको छ । प्रत्येक १०० वर्षमा संसारभरि कुनै न कुनै महामारी फैलिएर मानिसहरूले ज्यान गुमाउने गरेका छन् । मानिसहरूले नयाँ नयाँ महामारीको औषधि खोज्नु परिरहेको हुन्छ ।

सन् १७२० मा फ्रान्सको मार्से शहरमा फैलिएको ब्युबोनिक प्लेगले लगभग एक लाखजनाको ज्यान लिएको थियो । प्लेग फैलिएको केही महिनामै ५० हजारजना मारिएका थिए । बाँकी ५० हजार अर्को दुई वर्षमा मारिए । त्यसको ठीक सय वर्षपछि सन् १८२० मा हैजा थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्समा फैलिएको थियो ।

इन्डोनेसियाको जाभामा मात्र हैजाका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । अनि सन् १९२० मा आएको स्पेनिस फ्लुले संसारभरि ५० करोड मानिसलाई संक्रमित बनाएको थियो । त्यसले संसारभरि १० करोड मानिसलाई मारेको बताइन्छ । मानव इतिहासमा सबभन्दा खतरनाक महामारी त्यही मानिन्छ ।

अहिले २०२० मा चीनको वुहानबाट शुरू भएको कोरोनाभाइरसले अहिले सम्म दुइ करोड ४३ लाख ६३ हजार ६ सय ३९ जना संक्रमित भएका छन् भने ८ लाख ३० हजार ३ सय ५२ जनाको ज्यान गएको छ । त्यस्तै एक करोड ६८ लाख ९५ हजार ९सय ९ जना निको भएका छन् । अफै संक्रमण फैलिरहेको छ ।

कोभिड–१९ को बारेमा अझै अध्ययन चलिरहेको छ । केही वैज्ञानिकहरूले सन् २०२० भरि संक्रमण देखिइरहने बताएका छन् । विभिन्न आशंका भएपनि दुइ वर्ष सम्म कोरोना रहिरहने विज्ञहरूले अनुमान लगाएका छन् । यो माथिको तस्बीरले पनि प्रत्यक सय वर्षमा एक न एक महामारी फैलिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.