भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

यो तस्बीर जसले १०० वर्ष अघिको झल्को आउँछ

यो तस्बीर जसले १०० वर्ष अघिको झल्को आउँछ

काठमाडौं । संसारमा अहिले कोरोनाभाइरसले तहल्का मचाईरहेको छ । अर्थात महामारी फैलिँदै गएको छ । प्रत्येक १०० वर्षमा संसारभरि कुनै न कुनै महामारी फैलिएर मानिसहरूले ज्यान गुमाउने गरेका छन् । मानिसहरूले नयाँ नयाँ महामारीको औषधि खोज्नु परिरहेको हुन्छ ।

सन् १७२० मा फ्रान्सको मार्से शहरमा फैलिएको ब्युबोनिक प्लेगले लगभग एक लाखजनाको ज्यान लिएको थियो । प्लेग फैलिएको केही महिनामै ५० हजारजना मारिएका थिए । बाँकी ५० हजार अर्को दुई वर्षमा मारिए । त्यसको ठीक सय वर्षपछि सन् १८२० मा हैजा थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्समा फैलिएको थियो ।

इन्डोनेसियाको जाभामा मात्र हैजाका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो । अनि सन् १९२० मा आएको स्पेनिस फ्लुले संसारभरि ५० करोड मानिसलाई संक्रमित बनाएको थियो । त्यसले संसारभरि १० करोड मानिसलाई मारेको बताइन्छ । मानव इतिहासमा सबभन्दा खतरनाक महामारी त्यही मानिन्छ ।

अहिले २०२० मा चीनको वुहानबाट शुरू भएको कोरोनाभाइरसले अहिले सम्म दुइ करोड ४३ लाख ६३ हजार ६ सय ३९ जना संक्रमित भएका छन् भने ८ लाख ३० हजार ३ सय ५२ जनाको ज्यान गएको छ । त्यस्तै एक करोड ६८ लाख ९५ हजार ९सय ९ जना निको भएका छन् । अफै संक्रमण फैलिरहेको छ ।

कोभिड–१९ को बारेमा अझै अध्ययन चलिरहेको छ । केही वैज्ञानिकहरूले सन् २०२० भरि संक्रमण देखिइरहने बताएका छन् । विभिन्न आशंका भएपनि दुइ वर्ष सम्म कोरोना रहिरहने विज्ञहरूले अनुमान लगाएका छन् । यो माथिको तस्बीरले पनि प्रत्यक सय वर्षमा एक न एक महामारी फैलिरहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.