भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाली सेनाले पाइलट, डाक्टरसहित विभिन्न पदमा खुलायो जागिर, कात्तिक ४ सम्म फारम भर्न सकिने

नेपाली सेनाले पाइलट, डाक्टरसहित विभिन्न पदमा खुलायो जागिर, कात्तिक ४ सम्म फारम भर्न सकिने

काठमाडौं । सैनिक जंगी अड्डा भर्ना छनोट निर्देशनालयले सूचना निकालेर विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति हुने बताएको सेनाले इच्छुकलाई दरखास्त दिन अनुरोध गरेको छ।

२७ जना लेखा उपसेनानी, प्राविधिक उपसेनानी लाइब्रेरियन चार जना, मेकानिकल ईञ्जिनियर तीन जना, इलोक्ट्रोनिक्स ईञ्जिनियर तीन जना, प्राविधिक उपसेनानी एमबिबिएस डाक्टर १३ जना माग भएको छ।

यस्तै पाइलट उपसेनानी दुई जना, भौतिक विज्ञानमा प्लस टु वा सो सरह पास गरी इन्टरनेशनल सभिल एभिएसन अर्गनाइजेशनले मान्यता दिएको संस्थाबाट कमर्सियल पाइलट लाइसेन्स प्राप्त गरेको तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जहाज वा हेलिकप्टरको कमर्सियल पाइलट लाइसेन्स परीक्षा पास गरेकोले दरखास्त दिन योग्य हुनेछन्।

एक जना भिडिओग्राफर पनि सेनाले माग गरेको छ। विस्तृत सूचना आजको गोरखापत्रमा सेनाले निकालेको सूचनामा उल्लेख छ भने दरखास्त आजदेखि कात्तिक ४ गतेभित्र दिइसक्नुपर्नेछ।

 


Thali Mobile Pvt.Ltd.