भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

नेपाल आज यूएईसँग भिड्दै

नेपाल आज यूएईसँग भिड्दै

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग खेल्ने तालिका छ । यद्यपि खेलमा वर्षा बाधक बन्ने सम्भावना छ । ७ः१५ बजेमै सुरु हुनुपर्ने भए पनि वर्षाका कारण खेल निर्धारित समयमा सुरु हुन सकेको छैन ।

नेपाल अपराजित रहँदै समूह विजेताको रूपमा सेमिफाइनलको यात्रा गर्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट तथा चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो । यूएई पनि अपराजित नै छ । उसले पनि चारै खेलमा जित निकालेको छ ।

ऊ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल हुने तालिका छ । प्रतियोगितामा ११ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, यूएई, बहरान, भुटान, मलेसिया र कतार तथा समूह ‘बी’ मा थाइल्याण्ड, हङकङ, कुवेत, चीन र म्यानमार रहेका छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

 


Thali Mobile Pvt.Ltd.