भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

नेपाल–चीन सहकार्य

नेपाल–चीन सहकार्य

काठमाडौं । चीनका विदेशमन्त्री छिन क्याङसँग परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बिहीबार भेटवार्ता गरेका छन् ।

नेपाल–चीन द्विपक्षीय कूटनीतिक संयन्त्रको १५औँ बैठकमा सहभागी हुन चीन पुगेका हुन् ।

भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने र नेपाल–चीनबीचको आपसी सहकार्यलाई सबल बनाउने विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

उच्चस्तरीय भ्रमणको आदानप्रदान, विकास साझेदारी, व्यापार तथा पारवहन, लगानी र पर्यटनमा सम्भावित साझेदारीका साथै अहिलेसम्म भएका प्रगतिका विषयमा पनि सो भेटमा छलफल भएको छ ।

द्विपक्षीय संयन्त्रको बैठक शुक्रबार बस्दै छ । त्यसको तयारीका लागि सचिव पौड्याल बुधबार चीन गएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.