भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नेमकिपाको दुईदिने समीक्षा कार्यक्रम पालेतडामा सम्पन्न

नेमकिपाको दुईदिने समीक्षा कार्यक्रम पालेतडामा सम्पन्न

साम्राज्य र विस्तारवाद विरुद्ध देशभक्त जनता लडनुपर्छ

दैलख । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य बजिर सिहं विश्वकर्माले साम्राज्यवाद र विस्तारवादको डटेर विरोध गर्नु पर्ने बताउनुभएको छ । दैलेख जिल्ला समितिले चामुण्डा–विन्द्रासैनी नगरपालिका वडा ७ को पालेतडामा गरेको दुईदिने समीक्षा कार्यक्रममा  केन्द्रीय सदस्य बजिर सिहं विश्वकर्माले साम्राज्य र विस्तारवाद विरुद्ध देशभक्त जनता लडनुपर्ने बताउनुभएको हो ।

विश्वकर्माले समानता,स्वतन्त्रताको सवाल र जनताको मुक्तिको विषय मागेर, अपेक्षा गरेर नपाइने बताउनु भयो । उहाँले समाजका सबै नागरिक सचेत र संगठित भएर विस्तारवादी र साम्राज्यवादी चिन्तन तथा कार्यशैलीको विरोध गर्नु पर्ने बताउनु भयो ।Bajir singh bk

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखका सदस्य बम बहादुर सिहंले समाजका सचेत पुस्ताले रचनात्मक क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउनुपर्ने बताउनु भयो । नेमकिपा जिल्ला समिति सदस्य तथा निर्वाचित वडा अध्यक्ष निरक बहादुर शाहीले विज्ञान प्रविधिका विभिन्न क्षेत्रमा अभ्यस्त बन्दै युवा तथा सचेत नागरिकले सामाजिक रुपान्तरणमा सक्रिय रहनु पर्ने बताउनु भयो ।

नेपाल क्रन्तिकारी शिक्षक संघका केन्द्रीय सदस्य दीपक बहादुर शाहीले सन १८४८ मा प्रकाशन भएको कम्युनिष्ट घोषणा पत्रमा उल्लेख भएका १० वटा क्रान्तिकारी कार्यक्रमको हालका कम्युनिष्ट भनिएको सरकारले विपरित क्रियाकलाप गरेकाले पूजीवादी र दलालहरुको सरकार सावित भएको बताउनु भयो ।Jagdy

निर्वाचित प्रतिनिधि, जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिलगायत प्रवुद्ध समुदायको उपस्थिति रहेको समीक्षा कार्यक्रममा चाविनपा ७ का निर्वाचित वडा अध्यक्ष इन्द्र प्रसाद चौलागाईले स्वागत गर्नुभएको थियो । पार्टी जिल्ला समिति दैलेखका अध्यक्ष तथा केन्द्रीय सदस्य जग्य बहादुर शाहीको सभापतित्वमा सन्चालन भएको कार्यक्रम सम्पन्न भएकाे थियाे  ।Chamunda Chamunda nemakipa dailekh

 


Thali Mobile Pvt.Ltd.