काठमाडौं । डिसहोम फाइबर नेटको सेवा विस्तार हुदै गएको छ । कपन र जोरपाटीमा सेवा उपलब्ध भएपछि स्थानीय खुसी भएका छन् । डिशहोमले यस अघि उपत्यकाका ललितपुरको भैसेपाटी, काठमाडौंको बानेश्वर, तिनकुनेलगायतका क्षेत्रमा फाइबर इन्टरनेट सेवा उपलब्ध गराइसकेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेदेखि नै डिशहोमले इन्टरनेट सेवा दिन सुरु गरेको हो ।सहज भएका गाउँ गाउँमा फाइबर मार्फत इन्टरनेट सेवा दिने र असहज भएका ठाउँमा स्याटेलाइट प्रविधिमार्फत इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
