भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

खानपीन जीवनशैलीले मुटुलाई यसरी बचाउन सकिन्छ !

खानपीन जीवनशैलीले मुटुलाई यसरी बचाउन सकिन्छ !

काठमाडौंँ । जथाभाविको खानपीनले निको भएको मुटुरोग फेरि फेरी बल्झीने गरेको छ । अव्यवस्थित जीवनशैलीले स्वस्थ मुटुपनि खराबहुदै गएको चिकित्सकले बताउदै आएका छन् । अझ कोरोना भाइरसको बन्दाबन्दीमा खानपान नमिलेका कारण मुटुरोगले च्यापेको विरामीका कैयौं गुनासा छन् । चिकित्सक भन्छन चटपटे, पाउँजस्ता खानेकुरा अत्यधिक खानु हुदैन। निरोगी हुँदै सतर्कता अपनाउने हो भने कुनै रोग लाग्दैन भन्छन् वरिष्ठ मुटुरोग विशेषज्ञ ।

नेपाललगायत दक्षिण पूर्वी एसियामा नसर्ने रोग अत्यधिक मात्रामा बढ्दै गएको डाक्टरको भनाईछ । हृदयाघात, उच्च रक्तचाप, मस्तिष्कघात, मधुमेह, क्यान्सर, दम–खोकी आदिको प्रकोप बढ्दै गइरहेको र यसले छिट्टै महामारीको रूप लिने सम्भावना भएको भन्दै कोरोना महामारीमा यस्ता रोगीले धेरै दुुःख पाइरहेको चिकित्सकको भनाई छ । यसको नियन्त्रणतर्फ स्वयम् व्यक्तिले ध्यान दिनु पर्छ ।

विश्व स्वास्थ्य सङ्गठनको अगुवाइमा अहिले नेपाललगायतका राष्ट्रमा नसर्ने रोगको रोकथाम र नियन्त्रणसम्बन्धी नीति तथा कार्यक्रम तयार गर्ने र यसलाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्नेतर्फ पहल भइरहेको चिकित्सक बताउछन् । मुटु बचाउन सुर्तीजन्य पदार्थ सेवन नगर्ने, रक्सी नपिउने, फलफूल र हरियो सागपात सधै खाने गर्नु पर्छ । आवश्यक शारीरिक व्यायाम गर्नु पर्छ ।

डा. भगवान कोइरालाको कुरा यस्तो छ…
रोग नलागेको बेलामा मुटुलाई लामो समय काम गर्न सक्ने, नथाक्ने बनाउन सकिन्छ । यसको मुख्य तरिका भनेको नियमित व्यायामबाट मुटुलाई नियमित लोड दिई क्रियाशील बनाइरहनुपर्छ ।

मुटु स्वस्थ राख्न अलि–अलि रक्सी खानुपर्छ भन्छन्, कसैले चाहिँ हुन्न भन्छन्, तपाईं के भन्नुहुन्छ ?
रक्सीले मुटुलाई फाइदा गर्ने कुरा अलि झुक्किने किसिमको छ । विशिष्ट परिस्थितिमा विशिष्ट मात्रा खाँदा हानि भैहाल्नेचाहिँ हुँदैन, तर त्यो दायराभन्दा यताउता गर्नेबित्तिकै हानि हुन्छ । मानिसलाई रक्सी खान प्रोत्साहित गर्दा खतरनाक नतिजा आउन सक्ने हुनाले म त नखाएकै ठीक हो भन्छु ।’

विशिष्ट परिस्थिति र विशिष्ट मात्रा भनेको के हो ?
मिसावट नभएको बियर, वाइन, ह्वीस्की, जीन जुनसुकै प्रकारको मदिरा पनि हरेक दिन एक पेगभन्दा कम लिने र व्यायाम पनि नियमित गर्ने हो भने यसले मुटुलाई केही न केही फाइदा गर्छ । तर रक्सी टन्न खाने र एक्सरसाइज बिल्कुलै नगर्ने गर्दा मुटु, कलेजो, मस्तिष्क फेल हुने सम्भावना अत्यधिक हुन्छ । मुटुको भल्भ बिग्रिने, जन्मजात मुटुका रोगसँग रक्सीको सम्बन्ध छैन तर कोरोनरी आर्टरी डिजिजसँग भने यसको निकट सम्बन्ध छ । विशेषगरी विकेन्डमा वा कहिलेकाहीँ रक्सी खाने तर धेरै खानेलाई मुटु बत्तिने सम्भावना धेरै हुन्छ ।

सधैँ धेरै खानेलाई मुटुको मांसपेसी नै फेल खाने (अल्कोहलिक मायोपेथी) सम्भावना धेरै हुन्छ । रक्सीले रक्तचाप बढाउने, सुगर, कोलेस्ट्रोल बढाउने हुन्छ । रक्सी खानेहरुले यी समस्यालाई नियन्त्रण गर्न नसक्ने हो भने रक्सी सेवन अत्यन्तै घातक हुन्छ । त्यस्ता व्यक्तिले ती समस्या नियन्त्रण नभएको हदमा रक्सी नखाएर मुटु जोगाउने प्रयास गर्नुपर्छ । रक्सी नखानेहरुभन्दा खानेहरु अरु विभिन्न रोगले मर्ने सम्भावना बढी भएको पाइएको छ र रक्सी खाने र नखानेको आयु तुलना गर्दा पनि रक्सी खानेको आयु नखानेको भन्दा कम भएको पाइएको छ ।

स्वस्थ मुटुको भित्री तह एकदम एक्टिभ हुन्छ, धूमपानले मुटुको भित्री तहलाई क्षति पुर्याउछ । यसले रक्तनलीमा बोसो जमाउँछ र नली बन्द गराउँछ । रक्तनलीमा कहिले सेतो त कहिले पहेँलो बोसो जमेर मुटुलाई रगत दिने नली बन्द हुन्छ, अनि हृदयघात हुन्छ । चुरोट, बिँडी खानेहरुको रक्तनली हेर्दा कि त रक्तनलीमा बोसो जमेको देखिन्छ, कि त हृदयघात भइसकेपछि दाग, टाटाहरु देखिन्छन् । अझ चुरोट, बिँडी खाने मानिसको फोक्सो त नराम्रोसँग क्षति भएको हुन्छ ।

हेर्दा पनि पूरै कालो भइसकेको हुन्छ । प्रदूषणका कारणले पनि फोक्सो कालो भएको हुन्छ । घरबाहिरको प्रदूषण मात्र नभई घरभित्रको धुवाँका कारणले पनि फोक्सो, मुटुमा असर गरेको हुन्छ । यस्तो असर अरुले धूमपान गरी उडाएको धुवाँले पनि हुन्छ । धूमपान गर्नेहरुको स्ट्रोक र हृदयघात हुने जोखिम अरुको भन्दा चार गुणाले बढी हुन्छ । त्यस्तै दमको कारणले २५ गुणा र फोक्सोको क्यान्सरले मर्ने सम्भावना धूमपान गर्नेलाई १३ गुणाले बढी भएको अनुसन्धानबाट पाइएको छ । त्यसकारणले पनि मुटु र फोक्सोलाई बचाउन मद्यपान, धूमपान नगर्नु नै उचित हुन्छ ।

मुटु कसरी जोगाउने ?
रोग नलागेको बेलामा मुटुलाई लामो समय काम गर्न सक्ने, नथाक्ने बनाउन सकिन्छ । यसको मुख्य तरिका भनेको नियमित व्यायामबाट मुटुलाई नियमित लोड दिई क्रियाशील बनाइरहनुपर्छ । मानिस तालिम लिइरहेको छ भने थाक्दैन, त्यसै गरी मुटु पनि नियमित व्यायाम पाएपछि थाक्दैन, लामो समयसम्म काम गर्न सक्छ ।’ ‘मुटु जोगाउने अर्को महत्वपूर्ण तरिका भनेको मुटुमा लाग्ने रोगहरुबाट बच्नु वा मुटुलाई बचाउनु हो । कतिपय बच्चाहरु आमाको कोखबाट जन्मदै कुनै न कुनै कमजोरी लिएर जन्मिने हुन्छन् ।

मुटुमा प्वाल पर्ने, मुटुको बाहिरपट्टि प्वाल हुने, मुटुका चार खण्ड हुनेमा दुई खण्ड वा तीन खण्ड हुने, मुटु ठीक ठाउँमा नबसी उल्टो बस्ने, जन्मजात भल्भका समस्या, जन्मजात रक्तनलीका समस्याजस्ता झन्डै सय थरीका जन्मजात समस्या हुन्छन् । यी समस्या भएमा कुनै बालबालिका त जन्मिनेबित्तिकै मर्ने स्थिति पनि हुन्छ । जन्मजात रोगहरुबाट बचाउन गाह्रो हुन्छ, तर पनि गर्भवती महिलाले बच्चा पेटमा हुँदा रक्सी नखाने, चुरोट नखाने, लागू पदार्थ नखाने, स्वस्थ जीवनशैली अपनाउने र बेला–बेलामा स्वास्थ्य जाँच गराउने गर्दा यस्ता समस्या केही न्यूनीकरण गर्न सकिन्छ ।’

नेपालमा खानपान ठीक तरिकाले नहुने वा खान नजान्ने, व्यायाम नगर्ने र रक्सी–चुरोट बढी खानेजस्ता कारणले मुटुका धेरै रोग भएका छन् । जीवनशैलीसँग सम्बन्धित रोगहरु जस्तो– सुगर, प्रेसर, कोलेस्ट्रोल बढी देखिएको छ । नेपालमा वयष्क जनसंख्याको झन्डै एक चौथाइमा उच्च रक्तचाप छ । त्यस्तै करिब १० प्रतिशतलाई सुगर भइरहेको छ । यी दुवै मुटुका जोखिम तत्वहरु हुन् । यिनै कारणले गर्दा हृदयघात हुने, मुटु ब्लक हुनेजस्ता रोगहरु बढेका छन् । यी रोगहरु हुनुमा घरभित्रको धुवाँलगायत प्रदूषण र घरबाहिरको प्रदूषण पनि जिम्मेवार छन् ।

नियमितरुपमा पसिना आउने गरी शारीरिक श्रम गर्ने, हिँड्ने वा व्यायाम गर्ने गर्नुपर्छ । न्यूनतम हप्ताको पाँच दिन ३५ देखि ४५ मिनेटसम्म यस्तो व्यायाम गर्ने, धूमपान, मद्यपान नगर्ने र उच्च रक्तचाप, मधुमेह छ भने त्यसलाई नियन्त्रणमा राख्ने गर्नुपर्छ । मुटु मानिसको अति आश्यक अंग हो र यो अंगविना मानिसको जीवन सम्भव छैन भन्ने कुरा घामजत्तिकै छर्लंग छ ।

त्यसकारणले पनि मुटुमा कुनै रोग लाग्न दिनुहुँदैन र लागिहाल्यो भने पनि यथाशीघ्र उपचार गरेर स्वस्थ राख्ने प्रयास गर्नुपर्छ । मुटुले पम्प गरेर शरीरका सबै अंगहरुलाई रगत पुर्याउने काम गर्छ । शरीरलाई चाहिने अक्सिजन तथा अन्य पोषण तत्वहरु पनि प्रवाह गर्छ । मुटु नहुने हो भने मानिस एकछिन् पनि जीवित रहँदैन । त्यसकारणले पनि मुटु जोगाउन आवश्यक छ ।

 


Thali Mobile Pvt.Ltd.