नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक, अन्तिम संस्कार/ श्रद्धाञ्जली असार १० गते गरिने

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक, अन्तिम संस्कार/ श्रद्धाञ्जली असार १० गते गरिने

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ। पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा हिजो अपराह्न निधन भएको नेमकिपाका सचिव प्रेम सुवालले बताए।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो ।

उनका दुई छोरा छन् । लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भएको थियो । केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन् । उनको अन्तिम संस्कार र श्रद्धाञ्जली असार १० गते गरिने जनाएएको छ ।

 


Thali Mobile Pvt.Ltd.