भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

‘नो नट अगेन’ नागरिकको अभिव्यक्ति स्वतन्त्रता हो

‘नो नट अगेन’ नागरिकको अभिव्यक्ति स्वतन्त्रता हो

काठमाडौं । ‘नो नट अगेन’ अभियान नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रकट गर्ने माध्यम भएको सर्वोच्च अदालतले बताएको छ । प्रचलित कानूनको उल्लंघन नहुँदासम्म यस्ता अभियानविरुद्ध कदम नचाल्न निर्वाचन आयोगलाई अदालतले आदेश दिएको छ ।

निर्वाचन आयोगबाट कात्तिक ८ मा नो नट अगेन विरुद्ध जारी गरेको सूचना तत्काल कार्यान्वयन नगर्नु, नगराउनु भन्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । अन्तरिम आदेशमा निर्वाचन आयोगलाई नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न भनिएको छ ।

नागरिकले आफ्नो विचार तथा अभिव्यक्ति प्रकट गर्दा निर्वाचन आचारसंहिता लगायत प्रचलित कानूनको पालना हुने विश्वास समेत व्यक्त सर्वोच्च अदालतले गरेको छ । घृणाजन्य, गाली बेइज्जती, अपमानजनक अभिव्यक्ति प्रकट भएमा

सम्बन्धित अकाउन्ट वा प्रोफाइलका आधारमा व्यक्तिलाई कारबाही गर्न सकिने भन्दै सर्वोच्च अदालतले ‘नो नट अगेन’ भनेकै आधारमा ग्रुप नहटाउन र अरु कारबाहीको चेतावनी नदिन आदेश जारी गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.