भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

न्यूरोडका ठूला कम्प्लेक्समा पनि महानगरले थाल्यो ‘अपरेसन’

न्यूरोडका ठूला कम्प्लेक्समा पनि महानगरले थाल्यो ‘अपरेसन’

काठमाडौं । अस्तव्यस्त न्यूरोडको पार्किङ र जामको समस्या सुल्झाउन काठमाडौं महानगरपालिकाले समाधानको उपाय खोजी गर्न थालेको छ । ठूला व्यापारिक भवनमा रहेका भूमिगत पार्किङमा पसलहरु चलाएपछि यात्रुलाई न्युरोडमा गाडी र मोटरसाइकल पार्क गर्नुपर्ने बाध्यता थियो अब त्यो बाध्यता महानगरको अप्रेशन पछि हट्ने भएको हो ।

मेयर बालेन साहले भवन निर्माण गर्दाको स्वीकृत इजाजत र नक्साको प्रयोजन विपरीत भूमिगत पार्किङ नगरी पसल चलाउने न्युरोड क्षेत्रका व्यापारिक भवन र त्यहाँका व्यापारीमाथि कारवाही थालेका छन् । भूमिगत पार्किङ र गोदाममा हुनुपर्ने स्थानमा चलिरहेका अवैध पसलहरु हटाउन महानगरले सोमबारदेखि अभियान थालेको हो ।

नयाँ बानेश्वरमा स्थानीय व्यवसायीहरुलाई साथ लिएर ६ भदौबाट सुरु भएको अभियानलाई महानगरले न्युरोड क्षेत्रमा प्राथमिकता साथ अघि बढाएको स्वकीय सचिव भुपदेव शाहले बताए । बानेश्वर, दरबारमार्ग र न्युरोड क्षेत्रमा सवारीको व्यवस्थापन जटिल छ । त्यसमध्ये पनि न्युरोड क्षेत्रको जटिलता ‘अपरेसन’ गरिहाल्नुपर्ने अवस्था भएकाले महानगर अहिले यसैमा वेस्त भएको उनको निष्कर्ष छ ।

स्थानीय घरधनी र व्यवसायीको सहयोग तथा उपलब्ध स्रोत साधनको उपयोग गरेरै समस्या घटाउन बेसमेन्टहरुलाई नक्साअनुसारको प्रयोगका लागि बाध्यकारी बनाउन लागिएको मेयर शाहले बताए । महानगरको टोलीले आइतबार न्युरोड र वसन्तपुर क्षेत्रको ठूला भवनहरुमा बेसमेन्टहरुमा केमा कसरी प्रयोग भइरहेको छ भनेर स्थलगत अनुगमन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.