भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

पचासी लाख रुपैयाँमा वडा कार्यालय भवन निर्माण

पचासी लाख रुपैयाँमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका(६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ। नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ।

शुक्रबारदेखि कार्यारम्भ भएको नयाँ भवनको उद्घाटन सोही दिन गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भवन उद्घाटन गरेका हुन्।

धौलागिरि गाउँपालिका २ र ७ को नयाँ भवन मात्र होइन, वडा नम्बर ५ को भवन पनि बनिसकेको छ। घट्टखोलामा गाउँपालिकाको भवन निर्माणाधीन छ।

यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकी भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी र ताकममा पाँच शय्याको अस्पताल भवन निर्माण भइरहेको छ। रासस

 


Thali Mobile Pvt.Ltd.