भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

पत्रकार महासंघ चुनावको मतपरिणाम: कहाँ कसको जित ?

पत्रकार महासंघ चुनावको मतपरिणाम: कहाँ कसको जित ?

काठमाडौँ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ ।बिहीबार बिहानसम्म प्रदेश एसोसिएटबाट विकास कार्की र कृति भट्टराई केन्द्रीय कार्यसमितिमा विजयी भएका छन् ।

अध्यक्षमा बैकुण्ठ पराजुली बुधबार नै विजयी भएका थिए ।यस्तै झापामा लोकतान्त्रिक गठबन्धनको नेतृत्व गर्दै प्रेस युनियन एकराज गिरी नेतृत्वको प्यानलले अध्यक्षसहितका पदमा वर्चश्व कायम गरेको छ । दार्चुलामा भने कृष्ण धामी अध्यक्षमा निर्वाचित भएका छन् । ललितपुर अध्यक्षका प्रेस संगठनका सागर न्यौपानेको लोकतान्त्रिक प्यानल विजयी भएका छन् ।

बझाङको अध्यक्षमा शैलेन्द्र रोकायाको प्यानल विजयी भएको छ । नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी भएका छन् । पत्रकार महासंघ काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना विजयी भएका छन् । दोलखामा नेपाल प्रेस युनियनका दीपशंकर चौलागाँई अध्यक्षमा निर्वाचित भएका छन् । डोटीमा नेपाल प्रेस युनियनका मोहन शाहीको प्यानल नै विजयी भएको छ ।

यस्तै बर्दियामा यादव आचार्यको लोकतान्त्रिक प्यानल नै विजयी भएको छ । पाल्पामा रेखीराम राना अध्यक्षमा निर्वाचित भएका छन् । गुल्मीमा माधव नेपाल टोललाल अर्याल विजयी भएका छन् । अर्घाखाँचीमा अशोक खनाल विजयी भएका छन् । रोल्पामा नविनलोचन मगरको प्यानल विजय भएको छ । प्युठान र कपिलवस्तुमा प्रेस युनियनको नेतृत्वमा जिल्लाको नेतृत्व आएको छ ।

कपिलवस्तुबाट जिल्ला अध्यक्ष किरणमान ब्रर्जाचार्य सर्वसम्मत चयन भइसकेका छन् । अहिलेसम्मको मतपरिणाममा विपुल पोखरेल नेतृत्वको प्यानलले धेरै ठाउँमा जित हात पारेको छ । महासंघको अध्यक्षमा पोखरेल र निर्मला शर्माको प्यानल प्रतिष्पर्धामा थियो । यस्तै अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका गजेन्द्र बुढाथोकी पनि अग्रस्थानमा छन् ।

लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील नेतृत्व अगाडि आएको छ । प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको छ ।

लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी जिल्लामा लामो समयदेखि नेतृत्व लिएको प्रेस चौतारी पछाडि परेको छ । गुल्मीबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ३९ र निर्मला शर्मालाई १९ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरी लाई ३५ र भरत केसीलाई १८ मत आएको छ ।

पाल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४१ र निर्मला शर्मालाई ४७ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई २८ र भरत केसीलाई ४५ मत आएको छ । रोल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४६ र निर्मला शर्मालाई २८ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई ४७ र भरत केसीलाई २६ मत आएको छ ।

कपिलवस्तुबाट प्रदेश अध्यक्षमा बसन्त गिरीलाई १२२ र भरत केसीलाई ३० मत आएको छ । यो समाचार तयार पार्दा सम्मको तथ्याङ्क यस्तै रहेको छ भने मतपरिणाम आउने क्रम जारी छ ।

 


Thali Mobile Pvt.Ltd.