भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

पराजित ६ मन्त्रीले किन दिएनन् राजीनामा, नैतिकता खोई ?

पराजित ६ मन्त्रीले किन दिएनन् राजीनामा, नैतिकता खोई ?

काठमाडौं । जनमतबाट अस्वीकृत भएपछि राजीनामा दिने आधारभूत नैतिकतालाई मन्त्रीले वेवास्ता गरेका छन् । प्रधानमन्त्री र सम्बन्धित दलले पनि मतदाताको सन्देशलाई कदर गर्न आवश्यक ठानेनन् । भारी मतले पराजित भएपछि राजीनामा दिनु आधारभूत नैतिकताको विषय हो तर त्यो हुन र नैतिकता देखाउन सकेका छैनन् ।

सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा भारी मतले पराजित भएका छन् तर, राजीनामा नदिएर बसिरहेका छन् । आफ्नै निर्वाचन क्षेत्रमा अस्वीकृत भएपछि राजीनामा दिनु आधारभूत नैतिकताको विषय भए पनि उनीहरूले बेवास्ता गरेका गर्नु मुख्र्याइ हो । गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई जनताले नै पराजित गरिदिएका छन् ।

गृहमन्त्री खाँण प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा कायमै छन् । त्यस्तै अरु मन्त्रीहरुपनि उनकै सिको गरिरहेका छन् । खाँण रूपन्देही–३ बाट राप्रपाका दीपक बोहरासँग पराजित भए । बोहराले ३६ हजार ७ सय १७ मत ल्याउँदा खाँण ३४ हजार ३६ मतमा सिमित भए । तर उनकी श्रीमती मञ्जु खाँण कांग्रेसको समानुपातिक सूचीमा छैटौं नम्बरमा छन् ।

राजनीतिक शक्तिलाई परिवारमा केन्द्रित गरेका नेताहरु कार्यकर्ताको चर्को आलोचना खेप्दा समेत उनीहरुकै हालीमुहाली भइरहेको छ । यता खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी पनि बारा–१ बाट पराजित भए ।

 


Thali Mobile Pvt.Ltd.