भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्यटनमैत्री मौद्रिक नीति ल्याउन आग्रह

पर्यटनमैत्री मौद्रिक नीति ल्याउन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई नाट्टाले आग्रह गरेको छ । मङ्गलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड–१९ को महामारीबाट आक्रान्त पर्यटन व्यवसायलाई पुनरुत्थान हुने खालको मौद्रिक नीति ल्याउन एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले आग्रह गरेको हो ।

कोरोना महामारीबाट आक्रान्त पर्यटन व्यवसाय थोरै चलायमान हुन लागेको अवस्थामा हालै राष्ट्र बैंकले पुनः कर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अप्ठ्यारो परिस्थिति उत्पन्न भएको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई पुनरुउत्थान गर्नका लागि पुनः कर्जाको व्यवस्थालाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने माग नाट्टाले अघि सारेको छ ।

पर्यटन क्षेत्रका व्यवसायीले कोरोनाका कारण बैंकबाट लिएको ऋणको किस्ता समयमा बुझाउन नसकेको भन्दै विलम्ब शुल्क नलाग्ने गरी भुक्तानीको वातावरण निर्माण गर्नुपर्ने, पर्यटन क्षेत्रलाई पनि निर्यात व्यवसायीले पाएजस्तो ‘क्यास व्याक इन्सेन्टिभ’ दिइने व्यवस्था प्रदान गर्न आग्रह गरेको छ ।

पर्यटन व्यवसायीलाई कम्पनी दर्ता प्रमाणपत्र कर चुक्ताको प्रमाणपत्रका आधारमा बैंक ग्यारेन्टीको धितो राखेर रु २० लाखसम्म सहुलियत ऋण प्रवाह गर्नुपर्ने, टुर गाइड, ट्रेकिङ गाइड, ¥याफ्टिङ गाइड, पर्वतारोहण गाइडलगायत सरकारले प्रदान गरेको प्रमाणपत्र जमानी राखेर रु १० लाखसम्म सहज रूपमा सहुलियत ऋण प्रवाह गर्न माग गरेको हो ।

विदेश भ्रमणका लागि टुर प्याकेज खरिद गर्दा दिने भुक्तानी सेवा बढाउनुपर्ने, राष्ट्र बैंकको डलर इजाजत र पर्यटन विभागबाट जारी हुने इजाजतको नवीकरण गर्ने समयमा एकरुपता ल्याउनुपर्नेलगायत नाट्टाले मागसमेत को छ ।

 


Thali Mobile Pvt.Ltd.