काठमाडाैं । पर्यटन क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल होटल सारथी धुलिखेलले कोरोना महामारी पछि आकर्षक योजनाका साथ ग्राहकलाई सेवा दिने बताएको छ । केही महिना भित्रै सम्पन्न हुने गरी ५० वटा कोठाबाट आकर्षक सेवा दिने भन्दै होटलको सम्पूर्ण कार्य सम्पन्न गरको छ ।
होटल सारथी प्रा.लि. धुलिखेलले आन्तरिक तथा वाहय पर्यटकका लागि सुविधा सम्पन्न रुम तयार पारेको छ । २५ वटा रुमबाट सेवा संचालन गरेको होटल सारथीले निकटभविष्यमा ७३ वटा रुम सहितको व्यवस्था संचालन गर्न लागेको संचालक तथा प्रालिका अध्यक्ष प्रल्हाद प्याकुरेलले बताए ।
चारैतीर सुन्दर हिमश्रृङ्खला देखिने विशेषता रहेको यहाँ पारिवारीक वातावरणको बसाईका लागि पनि अति उत्तम मानिएको छ । हराभरा र सुन्दरतामा रमाउन चाहनेका लागि नौलो अनुभुति हुनेगरी निर्माण गरिएको यहाँ जंगल भित्रका चराचुरुङ्गीका साथै जंगली जनावरहरुको पनि अवलोकन गर्न पाईन्छ ।
यहाँ पर्यटनको अध्यन अवलोकन गर्नुका साथै कार्यक्रम संचालन गर्नका लागि सुविधा सम्पन्न हल तथा सेमिनार हल एवं तालिम हल सहित लिफ्टको समेत व्यवस्था रहेको छ । काठमाडौं उपत्यका बाट नजिकै र धुलिखेल बसपार्कबाट १.५ किलोमिटरको दुरीमा रहेको होटल सारथी पुग्न सकिन्छ ।
होटलबाट हिमालका मनमोहक दृष्य र शान्त वातावरणमा रम्न चाहने जो कोहिलाई एक पटक पुगेपछि जाउँ जाउँ लाग्ने पारिवारिक वातावरण यहाँ पाउन सकिन्छ । आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षणका योजनाहरु ल्याएको होटलले सेवाग्राहिबाट राम्रो प्रतिक्रिया पाएको जनाएको छ ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…
यूवा जनशिक्तिलाई समेटेर स्वदेशमै केहि गरौ भन्ने मान्यताका साथ होटल सारथीले स्थानीय जनशक्तिहरुलाई क्षमताका आधारमा रोजगारी प्रदान गरिरहेको समेत जनाएको छ । सारथी सहकारी, सारथी मार्ट, सारथी फाउण्डेसन तथा समुदायमा आधारित भएर विभिन्न सिपमुलक र रोजगारमुलक कार्य सञ्चालन गर्ने लक्ष्य बोकेको होटलका अध्यक्ष प्रल्हाद प्याकुरेलले जानकारी दिए ।
कोरोना महामारीका बेला भएको लकडाउनका कारण नेपालको पर्यटन क्षेत्रका शुन्य गतिविधि ले असर पारेपनि अहिले विस्तारै आन्तरिक पर्यटनका गतिविधिले सहास पैदा भएको उनको भनाई छ ।
पर्यटन व्यवसायभित्रका एयरलाइन्स ,होटल तथा रेष्टुरां, ट्रेकिङ तथा ट्राभल एजेन्सि, होमस्टेलगायत क्षेत्रका व्यवसायिलाई नराम्ररी प्रभाव परेको भन्दै होटलमा कार्यरत जनशक्ति समेत नराम्ररी प्रभावित भएको भन्दै उनले सो समयमा नेपालका प्रमुख पर्यटकिय गन्तव्यहरू र त्यस स्थानका होटल व्यवसायहरू धुलिखेल, नगरकोट, पोखरा, सौराहा, लुम्बिनी, वर्दिया लगायतका प्रमुख स्थलहरू पुर्णरूपमा ठप्प प्राय भएको बताए ।
थला परेको पर्यटन व्यवसायलाई उकास्न सरकारले विभिन्न शिर्षकमा लगाउने कर लाई पनि पुनरविचार गर्नु पर्ने बताए । स्थानिय तहले लगायको करमा छुट दिनुपर्ने, वैङ्ले लिने किस्तामा विचार गर्नु पर्ने, व्यवसायी र श्रमिक पनि जिम्मेवार हुनुपर्ने, महामारीले थला पारेको व्यवसायलाई गति दिन सक्ने योजना वनाउनु पर्ने, विषम परिस्थितिको मुल्याङ्कन गरी सवै पक्ष मिलेर अगाडि वढ्नु पर्ने प्रालिका अध्यक्ष प्रल्हाद प्याकुलेले कैलाश खबरसंग बताए ।
