भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ

पशुपति आर्यघाटमा सीता दाहालको अन्तिम बिदाइ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

बुधबार बिहान निधन भएकी दाहालको दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो ।

सीताको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डले दागबत्ती दिएर अन्तिम संस्कार गरे ।

सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीबललगायतको उपस्थितिरहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.