भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतबाट पश्चिमी नाका हुँदै फर्कनेमा एन्टीजेन पोजेटिभ

भारतबाट पश्चिमी नाका हुँदै फर्कनेमा एन्टीजेन पोजेटिभ

कन्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दिनुभएको जानकारीअनुसार त्रिनगर सीमानाकाबाट नेपाल भित्रिएका नेपाली ७०० र भारतीय १९७ मध्ये ६२३ को एन्टीजेन परीक्षण गरिएकोमा २२ को नतिजा पोजेटिभ आएको छ ।

यसैगरी, सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका ८२३ मध्ये दुईको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । कोरोना भाइरसको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएका यात्रुको सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरिँदै आएको छ । दैनिक सीमानाका भएर नेपाल भित्रिने यात्रुको सङ्ख्या ७०० देखि एक हजारको हाराहारीमा रहँदै आएको छ ।

भारतमा कोरोनाको सङ्क्रमण बढेपछि मजदूरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन् । रोजगारीको व्यवस्था नभएपछि भारततर्फ जानेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ । शुक्रबार मात्रै सीमानाका त्रिनगरबाट ३०५ नेपाली र १२५ भारतीय भारततर्फ गएका छन् । सीमानाका गड्डाचौकी भएर ३०० भारतीय र नागरिकताका आधारमा भारततर्फ जाने नेपालीको सङ्ख्या १५० रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.