भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरोमा पुरिएर अछाममा १७ को ज्यान गयो, ६ जना अझै बेपत्ता

पहिरोमा पुरिएर अछाममा १७ को ज्यान गयो, ६ जना अझै बेपत्ता

अछाम । अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ । कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए ।

कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद गाउँपालिका–५ मा ४ जना र ढकारी गाउँपालिका–६ मा एक जनाको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको रिजालले बताए । तुर्माखाद गाउँपालिका–५ मा ५ जना र ढकारी गाउँपालिका–१ मा एक जना अझै बेपत्ता रहेका छन् ।

उनीहरुको खोजी भइरहेको छ । पहिरोमा परेर घाइते भएका ११ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये ८ जनाको जिल्ला अस्पताल अछाम र तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमापर्फत सुर्खेत प्रादेशिक अस्पतालमा पठाइएको सहायक प्रजिअ रिजालले जानकारी दिए ।

यसैबीच कालिकोट – कर्णाली राजमार्ग अन्तर्गत दैलेख र कालिकोट खण्डका विभिन्न भागमा पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका ३ बोटखोला, चामुण्डा बिन्दासैनी नगरपालिका ७ रामाघाट, गुराँस गाउँपालिका ६ जिरोपन्ट, केराबारीमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

त्यस्तै कालिकोट खण्ड अन्तर्गत पर्ने खाडाचक्र नगरपालिका १ सुनारखोला र खाँडाचक्र ५को मौलाकाटियामा पहिरो गएको छ । सुर्खेतको बराहताल गाउँपालिका ७ कल्यानमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.