भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

पाँच दलिए गठबन्धनको सरकार “कम्फर्टेबल सरकार” हो : अध्यक्ष यादव

पाँच दलिए गठबन्धनको सरकार “कम्फर्टेबल सरकार” हो : अध्यक्ष यादव

भक्तपुर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलिए गठबन्धन कायमै रहने बताएका छन् । शनिबार रफत सञ्चार क्लव भक्तपुरले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले पाँच दलिय गठबन्धन कायमै रहने बताएका हुन । सरकारलाई दिएको समर्थन कसैले फिर्ता लिएपनि पाँचदलिए गठबन्धनमा भने कुनै अप्ठेरो नआउने बताउँदै अध्यक्ष यादवले सर्मथन फिर्ता लिने राजनीतिक दल पाँचदलिय गठबन्धनमा नभएको प्रतिक्रिया दिए ।

अध्यक्ष यादवले एकलाख ४८ हजार विद्यार्थी देश बाहिर पढन जाने भएपछि अरबौंै रुपैयाँ बाहिर पठाएको तर्क गर्दै अहिलेको सरकारले शिक्षा, स्वास्थ्य र रोजगारलाई लक्षित गरेर बजेट निर्माण गर्नुपर्ने तर्क गरे । अध्यक्ष यादवले नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएको घटना पहिलो नभएकाले यस्ता धेरै घटनाका दोषीहरुलाई सरकारले कारबाही गर्नुपर्ने तर्क गरे । उनले भने “नेपालीहरुलाई भुटानी शरणार्थी बनाएकर विदेश पठाएको पहिलो घटना भएपनि यस्ता धेरै केशहरु छ्न नेपालमा । ती सबैको खोजी गर्नुपर्छ ।”

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको सरकारले सुशासन दिन सकेमात्रै सफल हुने बताउँदै उनले जनताले सुशासन चाहेको बताए । उनले सुशासन विना नेपालको विकाश निर्माण संम्भव नरहेको बताए । बजारमा दैनिक सरकार परिवर्तनको हल्ला आएपनि सरकार परिर्वतनको सम्भावन न्यून रहेको अध्यक्ष यादवको भनाई छ ।

मधेशका समस्या केही हल भएपनि धेरै कुरा बाँकीनै रहेको बताउँदै अध्यक्ष यादवले समस्या समाधानमा सरकारले तदारुकता देखाउनु पर्ने बताए । उनले भने “पुर्वको सम्स्या समाधान गर्न सरकारले सक्नुपर्छ ।” राजनीतिक दलहरुका कारण जनतामा निराशा छाए पनि अहिले देशको विकास गर्न पाँच दलिए गठबन्धनको सरकार कम्फर्टेबल सरकार भएको अध्यक्ष यादवको तर्क छ ।

 


Thali Mobile Pvt.Ltd.