भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

पाँच दिनमै तयार भयो १२० श्यैयाको आइसोलेसन वार्ड

पाँच दिनमै तयार भयो १२० श्यैयाको आइसोलेसन वार्ड

३१ साउन २०७७ हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० श्यैयाको सुविधा सम्पन्न आइसोलेसन वार्ड तयार गरेको छ ।

हेटौँडा उपमहानगरपालिकासँग सहकार्य गरेर हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रवास भवनमा आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको हो । प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेश प्रमुख सचिव डा. मानबहादुर विश्वकर्मा, हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत, प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामालगायत विज्ञको टोलीले अवलोकन समेत गरिसकेको छ ।

मकवानपुरमा अप्रत्याशित रुपमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि सङ्क्रमितलाई घरमै राख्नुपर्ने बाध्यता अन्त्य गर्न यो तयार पारेको हेटौँडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । नवनिर्मित आइसोलेसन वार्डमा नेपाल प्रहरीका नौसहित १२ जना कोरोना सङ्क्रमितलाई राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.