टी मोवाईल कम्पनीले पूर्ण खोप नलगाएका कर्मचारीलाई निस्काशन गर्ने

टी मोवाईल कम्पनीले पूर्ण खोप नलगाएका कर्मचारीलाई निस्काशन गर्ने

काठमाडौं । अमेरिकाको कम्पनी टी मोवाईलले अप्रिलसम्म पूर्ण खोप नलगाउने कर्मचारीहरुलाई निस्काशन गर्ने भएको छ ।

कम्पनीले कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा यस्तो दाबी गरिएको बताइएको छ । २१ फेब्रुवरीसम्म पहिलो डोज लगाएका कर्मचारीहरुलाई वेतलबी बिदामा राखिने टी मोबाइलका मानव श्रमसाधन प्रमुख डिएनी किङले बताएका थिए। प्रविधिसम्बन्धी अमेरिकी समाचार संस्था दी भर्जका अनुसार कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,, ‘टी–मोवाइलको कार्यलय कोभिड १९ विरुद्ध खोप लगाउनेका लागि मात्र पहुँच योग्य हुनेछ ।’

विज्ञप्तिमा कार्यलयका कर्मचारीलाई २ अप्रिलसम्म पूर्ण खोप आवश्यक पर्ने हामीले उनीहरुलाई जानकारी दिएका छौं भनिएको छ तर, निश्चित भूमिका र स्थानमा केही छुट हुने उल्लेख छ । त्यस्तै कार्यलयमा नियमित वा कहिलेकाही काम गर्ने कर्पोरेट कर्मचारीका लागि सो नीति लागु हुने कम्पनीले जानकारी दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.