भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाटनमा यार्सा टिप्न गएका जुम्लाका तीन जना बेपत्ता

पाटनमा यार्सा टिप्न गएका जुम्लाका तीन जना बेपत्ता

जुम्ला । मुगु पाटनमा यार्सा टिप्न गएका जुम्लाका ३ जना बेपत्ता भएका छन् । पातारासी गाउँपालिकाका २ तल्फि गाउँका ३ जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले बताए ।

पातारासीका १५ जना यार्सा टिप्न गएमा मध्य ३ जना हिम पहिरोमा पुरिएको भन्ने अपुष्ट खबर आएको र विस्तृत खबर आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए ।

शुक्रबारनै सो घटना भएको र टाढा भएकाले बल्ल खबर भएको उनको भनाइ छ । मुगु र डोल्पाको सिमामा पाटन च्यार्खु लेखमा ३ जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक तथा निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीले बताए ।

जुम्ला पातारासी २ तल्फि गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्ण सिंह सार्की र ३६ वर्षीय वीर बोहरा रहेका छन् । मौसम खराबका कारण जेठ ४ गते मात्रै यार्सा टिप्ने भनिएको भए पनि उनीहरू अर्को बाटोबाट गएको खबर आएको प्रहरी निरीक्षक तथा निमित्त कार्यालय प्रमुख सुदर्शन पन्थीले बताए ।

बेपत्ता भएका ३ जनाको साथमा १५ जनाको समूह भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.