भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पानी माग्दा त लखेट्छन्, के को छिमेकीले खाना दिन्थ्ये ?

पानी माग्दा त लखेट्छन्, के को छिमेकीले खाना दिन्थ्ये ?

ललितपुर । लकडाउन, निषेधाज्ञा र कफर्यु आदेशले थनथिलो परेका काठमाडौंका मजदुरको सारथी बनेकी छन् आजभोली गीता श्रेष्ठ । निरन्तर अभाव र भोकले थलिएकाहरूको साथी बनेर काम गरीरहेकी छन् । सामाजिक अभियान्ता गीताको दिनचर्या आजभोली काठमाडौंका भोकाको स्याहास सुसारमानै वित्ने गरेको छ ।

महालक्ष्मीस्थानमा पुगेर भोकै बसिरहेकाहरुको खोजीमा जुटेर उनीहरुको पेट भर्ने काममा लागीकी गीता श्रेष्ठलाइ हामीले समेट्ने प्रयास गर्यौ । चिउरा, दालमोठ र बिस्कुटलगायतका खानेकुराको पोको बोकेर सबैलाई वितरण गरिरहेकी गीताको जम्का भेटले गौरवको अनुभुति गरायो । आज भोलि गीतालाई देख्ने वित्तिकै भोका मासिहरु उनको पछि लाग्छन् ।

पहिलो चोटी सडकमा लावारिस सुतिरहेका मानिस देखेर चकित गीताले वास्तवीक मानिस यीनै हुन भन्ने लाग्यो भनेर हामीलाई सुनाईन् । उनले भनिन्, ‘पानी माग्दा त लखेट्ने छिमेकीले उनीहरुलाई कहाँबाट खाना दिन्थ्ये।’ त्यसैले आजभोली प्लास्टिकको थालमा चिउरा, दालमोठ तरकारी दिइन् बोकेर सधै उनीहरुको पेट भर्ने लागेको कथन सुनाईन् । भोटको राजनीति गरेकाले यी नागरिकलाई गणतन्त्रको महशुस कहिल्यै गराउदैनन् भनिन् । गणतन्त्र आयो सरकार कम्यूनिष्टको छ तर यी मानिस यो सरकारका हुन कि होईनन् भन्नेमा व्याङग्यात्मक धारणा राखिन् ।

 


Thali Mobile Pvt.Ltd.