भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पानी माग्दा त लखेट्छन्, के को छिमेकीले खाना दिन्थ्ये ?

पानी माग्दा त लखेट्छन्, के को छिमेकीले खाना दिन्थ्ये ?

ललितपुर । लकडाउन, निषेधाज्ञा र कफर्यु आदेशले थनथिलो परेका काठमाडौंका मजदुरको सारथी बनेकी छन् आजभोली गीता श्रेष्ठ । निरन्तर अभाव र भोकले थलिएकाहरूको साथी बनेर काम गरीरहेकी छन् । सामाजिक अभियान्ता गीताको दिनचर्या आजभोली काठमाडौंका भोकाको स्याहास सुसारमानै वित्ने गरेको छ ।

महालक्ष्मीस्थानमा पुगेर भोकै बसिरहेकाहरुको खोजीमा जुटेर उनीहरुको पेट भर्ने काममा लागीकी गीता श्रेष्ठलाइ हामीले समेट्ने प्रयास गर्यौ । चिउरा, दालमोठ र बिस्कुटलगायतका खानेकुराको पोको बोकेर सबैलाई वितरण गरिरहेकी गीताको जम्का भेटले गौरवको अनुभुति गरायो । आज भोलि गीतालाई देख्ने वित्तिकै भोका मासिहरु उनको पछि लाग्छन् ।

पहिलो चोटी सडकमा लावारिस सुतिरहेका मानिस देखेर चकित गीताले वास्तवीक मानिस यीनै हुन भन्ने लाग्यो भनेर हामीलाई सुनाईन् । उनले भनिन्, ‘पानी माग्दा त लखेट्ने छिमेकीले उनीहरुलाई कहाँबाट खाना दिन्थ्ये।’ त्यसैले आजभोली प्लास्टिकको थालमा चिउरा, दालमोठ तरकारी दिइन् बोकेर सधै उनीहरुको पेट भर्ने लागेको कथन सुनाईन् । भोटको राजनीति गरेकाले यी नागरिकलाई गणतन्त्रको महशुस कहिल्यै गराउदैनन् भनिन् । गणतन्त्र आयो सरकार कम्यूनिष्टको छ तर यी मानिस यो सरकारका हुन कि होईनन् भन्नेमा व्याङग्यात्मक धारणा राखिन् ।

 


Thali Mobile Pvt.Ltd.