भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

पानी मुनि निर्माण गरिएको सबैभन्दा लामो हाइवे सञ्चालन

पानी मुनि निर्माण गरिएको सबैभन्दा लामो हाइवे सञ्चालन

सीएनएन । चार वर्षको निर्माणपछि चीनको सबैभन्दा लामो ‘अन्डरवाटर हाइवे टनेल’ सार्वजानिक भएको छ । अहिले सञ्चालनमा आएको १०.७९ किलोमिटर लामो यो अन्डरवाटर हाइवे चीनको जिआङसु प्रान्तको तैहु प्रान्तदेखि पूर्वी सांघाइको ५० किलोमिटरसम्म फैलिएको छ ।

यो टनेल बनाउन १.५६ अर्ब डलर खर्च भएको जिआङसुका सरकारी अधिकारीहरुले बताएका छन् । यसको निर्माण २०१८ को जनवरीमा सुरु गरिएको थियो । टु–वे टनेलका लागि २० लाख क्युबिक मिटर कंक्रिटको प्रयोग गरिएको थियो । यसका ६ लेन रहेका छन् जुन १७.५ मिटर चौडा छन् ।

टनेलको सिलिङमा समेत सुन्दर रङ्गीचङ्गी एलइडी लाइट्सहरु राखिएको छ । चालकलाई थकानबाट जोगाउने यो टनेल चीनको लामो समयदेखिको महत्वाकांक्षी परियोजना भएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.