काठमाडौं । मिटरब्याज पीडितमाथि प्रहरीले लाठीचार्ज गरेको छ । शान्तिपूर्ण आन्दोलनमा रहेका उनीहरुमाथि धरपकडसमेत गरेको छ । लाठीचार्जमा १२ जना घाइते भएका छन् भने ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तराई मधेशबाट दुई सातादेखि काठमाडौं आएका मिटरब्याज पीडित राजधानीमा प्रदर्शन गरिरहेका छान् । सिंहदरबार अगाडि धर्ना दिन अघिबढेका उनीहरूलाई प्रहरीले शान्तिवाटिकाबाट निस्कन खोज्दा धरपकड गरेको हो ।
पानीको फोहोरा र लाठी चार्जसमेत गरेको संघर्ष समितिका संयोजक अवधेश कुसवाहाले जानकारी दिए । प्रहरीको धरपकडमा एक जना गम्भीर घाइते भएको कुसवाहाले बताए । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका ३५ जनालाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखेको उनको भनाइ छ ।