भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

पुराना फोटोले इतिहास अध्ययन गर्न सजिलो हुने : प्रजापति

पुराना फोटोले इतिहास अध्ययन गर्न सजिलो हुने :  प्रजापति

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुराना तथा मौलिक फोटोहरुले भक्तपुरको इतिहास अध्ययन गर्न मद्दत पुग्ने बताउनुभएको छ । शनिबार किपाग्राफी भक्तपुरको छैटौं वार्षिकोत्सव कार्यक्रमको बोल्दै प्रजापतिले पुराना फोटोहरुले इतिहास अध्ययन गर्न सजिलो हुने बताउनुभएको हो ।photo

प्रजापतिले पुराना पुराना फोटोहरुको संकलन र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिए । लोपोन्मुख सम्पदा संरक्षणमा विभिन्न कालखण्डमा खिचिएका फोटोहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउदै फोटो भनेको इतिहास र समाजको ऐना भएको प्रजापतिले चर्चा गरे । नगर प्रमुख प्रजापतिले पुराना तस्बीरहरुकै कारण ९० वर्ष अगाडि बनेको भक्तपुरको दरबार क्षेत्रमा अवस्थित फसी देग मौलिक शैलीमै पुनःनिर्माण भइरहेको अवगत गराए ।

पुरातत्वविभागको भवन पनि मौलिक शैलीमै पुनःनिर्माण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । कार्यक्रममा किपाग्राफी भक्तपुरका सल्लाहकार एवम् भक्तपुर साकोसका अध्यक्ष बलराम प्रजापतिले विदेशीने युवाहरुलाई नेपालमै रोजगारी प्रदान गर्न विभिन्न सीपमूलक तालिमहरु सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले नयाँ पुस्ता अझ समाजप्रति उत्तरदायी हुन जरुरी रहेको बताए ।

किपाग्राफी भक्तपुरका अध्यक्ष अच्युत प्रजापतिले भक्तपुरको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले किपाग्राफीको स्थापना भएको जानकारी दिए । वरिष्ठ फोटोग्राफर जगदीश तिवारीले फोटोग्राफरहरुले भक्तपुरलाई संसारभर चिनाउने काम गरिरहेको बताए । किपाग्राफी भक्तपुरको आयोजनामा भएको भक्तपुरको नवदुर्गा नाचसम्बन्धी फोटो प्रतियोगिता २०७८ का उत्कृष्ट १० र प्रथम, दोस्रो, तेस्रो स्थान हासिल गर्न सफल फोटोग्राफरहरुलाई पुरस्कार, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.