पुरुषका विरोधी होइनन्, राष्ट्र निर्माणका सम्वाहक हुन महिलाः निर्मला विक

पुरुषका विरोधी होइनन्, राष्ट्र निर्माणका सम्वाहक हुन महिलाः निर्मला विक

दाङ । ५२ प्रतिशत महिलाको सङ्ख्या रहेको हाम्रो मुलुकमा कुनै पनि सहभागीमुलक कार्यक्रम होस् वा राजनीतिक, सामाजिक क्रियाकलापमा होस् सहभागिता न्यून देखिन्छ । कानुनतह लिखतमा ३३ प्रतिशत पनि व्यवहारमा कमै देखिन्छ ।

सङ्ख्यातमक महिलाको प्रतिशत बढी रहेपनि परम्परागत पुरूष प्रधान देश हावी हुँदै आएको हाम्रो नेपालमा हरेक सामाजिक कार्यक्रम , राजनीति सहभागिता र नेतृत्वमा पुरूष नै हावी हुने गरेको ज्वलन्त उदाहरण छन् । यद्यपि महिलाको सहभागीता न्यून हुनुमा पुरूष मात्रै दोषी छैनन् । स्वयं महिला पनि उतिकै दोषी छन् ।

पहिलोः आफै अग्रसर नहुनु, दोस्रोः घरपरिवारबाट प्रतिबन्ध गराईनु, तेस्रोः सामाजिक जनचेतनाको कमी, चौथोः महिलाद्वारा महिलाको खुट्टा तान्ने प्रवृत्ति हावी हुनु । शहरीया महिलाहरूको तुलनामा गाउँका महिलाहरू अझै पछाडी परेका छन् । महिलामा पनि दलित महिलाहरू अझ बढी शोषण, उत्पीडनमा परेका छन् । आम महिलाहरू सामाजिक अवसरबाट वञ्चित हुनुमा दोषी को ?

राज्यको नीतिगत तहमा दलित महिलाहरू को उपस्थिति खोई ? सामाजिक अवसर के उनीहरुले पाउनु पर्दैन ? जातीय विभेदको शिकार मात्रै हुने हो दलित महिला ? अब बुझ्न जरुरी छ । विभेद कसरी भइरहेको छ र कस्ले विभेद गरिरहेको छ ? हत्या हिंसा, बलात्कारको सिकार पनि प्राय दलित महिला र युवतीहरू नै हुनेगरेका छन् किन ?

अन्य महिलाको तुलनामा दलित महिलाका लागि अझ बढी चुनौती कसबाट भएको छ ? राज्य किन बेखवर बन्छ ? यसको सामना गर्न अब दलित महिला एकजुट भएर अघि बढ्न जरुरी छ । दलित महिलाले समाजमा सम्मानपुर्वक बाच्नका लागी कम्मर कसेर प्रतिकारमा जुट्न र अधिकारका लागि लड्न जरुरी छ ।

समाजमा आफुलाई स्थापित र सबै एकै हौं, सबको अधिकार बराबर हो भन्ने मान्यताका साथ जव सम्म हामी लड्दै नौं तबसम्म यहाँ दया माया कसैले गर्दैन । हामी पनि सक्षम छौं, अधिकार मागेर पाईदैन खोसेर लिन सक्नुपर्दछ भन्ने मान्यताका साथ कदम अघि बढाउँन जरुरी छ । विगत डेढ दशकको आंकलन हेर्ने हो भने केही परिवर्तन नभएको होइन, अवस्यै भएको छ ।

सामाजिक परिवन्धले घरको चुलो, चौकामा सिमित रहेका महिलाहरू अहिले यो अवस्था सम्म आउनुमा धेरै ठूलो परिवर्तन भएको हो । परिणामस्वरूप अहिले केही महिलाहरू साँसद छन्, मन्त्री छन्, केही महिलाहरू एनजीओ, आईएनजीओ क्षेत्रमा पनि जिम्मेवार छन् । कतिपय महिला सरकारी सेवामा छन् भने कति सेना, प्रहरीमा छन् । त्यतिले मात्रै पुग्दैन ।

किनकि सङ्ख्यामा ५२ प्रतिशत महिला भएपनि ३३ प्रतिशतमा खुम्च्याउनु अझै लडाईको जरुरी छ । तसर्थ अब महिलाले घरको कामका साथसाथै सामाजिक काममा हातहाल्न जरुरी छ । राजनीतिक रुपमा पनि बढीभन्दा बढी चासो लिन जरुरी छ । महिला सशक्तिकरण अहिलेको आवश्यक्ता हो ।

सामाजिक विकाससँगै राष्ट्रि निर्माणमा महिलाको भूमिका अतिआवश्यक छ । जिम्मेवारीकासाथ महिलाले हत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्छन् भन्ने मान्यतालाई समाजमा स्थापित गर्न जरुरी छ, ताकी पुरुषका विरोधी महिला होइनन् समाजका सम्वाहक हुन भन्ने हेक्का राख्न पनि जरुरी छ ।

जाग नारी जाग
अब एक भएर जाग देस बदल्नु छ तिमिले
देस रङ्गाउनु छ तिमिले
जाग नारी जाग।।

निर्मला विक, भूमीअधिकार मञ्च, दाङ

Mohotsav


Thali Mobile Pvt.Ltd.