भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

पूर्जा पाउँने आशमा चाँगुनारायणका स्ववासी, पूर्जा दिलाउन संस्थागत पहल (भिडियाेसहित)

पूर्जा पाउँने आशमा चाँगुनारायणका स्ववासी, पूर्जा दिलाउन संस्थागत पहल (भिडियाेसहित)

काठमाडौं । सामान्य जस्तो लागे पनि सुकुम्बासी समस्या व्यवस्थापन गर्नु जटिल समस्या हो । यसको समाधानका लागि स्थानीयदेखि संघीय सरकार सम्मले पूर्जा दिने आश देखाएको पनि वर्षौ वित्यो । भूमीहीन, दलित, सुकुम्बासी समस्या समाधानका लागि २२ वटा आयोग समेत गठन भए अँह, तर समस्या समाधान हुनुको सट्टा झन् झन् जटिल बन्दै गए ।

दलहरुले पनि पटक पटक आश देखाए तर पनि भोट बैंककै रुपमा सिमित भए । पटक पटक भनियो ‘हामी समस्या समाधान गर्छौ, जग्गाको पूर्जा पाउँनु हुन्छ’ भन्न पछि परेनन् । यस्तै समस्याले गिजोली र¥यो चाँगुनारायण नगरपालिका ४ को सुकुम्बासी वस्तीमा । साविक चाँगुनारायण गाविस वडा नं. ५ छाप हाल चाँनपा वडा नं. ४ मा बस्ने ठूलीमाया तामाङ मोहीको जग्गा किनेर छाप्रो बनाएर बसेकी छन् ।

२०७२ सालको भूकम्पले घर भत्काइदिएपछि नत उनले भोगचलन गरिरहेको जग्गा धितो राखेर ऋिण नै निकाल्न पाइन्, नत आफुसँग भएको जग्गा बेचेर नै ऋण तिर्न पाइन् । आफुसंग भएको जग्गाको नत लालपुर्जा नै छ । पुर्जा मिलाइदिने आश्वासन दिएको पनि ५७ वर्ष वितेछ ।

अहिले सम्म उनको हातमा पूर्जा नै पर्न सकेन । समस्या नै समस्याले घेरेपछि अहिले त आशा देखाउनेहरु प्रति विश्वास नै लाग्न छोडेको उनको गुनासो छ । ठूलीमायाको जस्तै समस्या मोही देबेन्द्र न्यौपानेले भोग्नु परेको छ । उनले पनि त्यहि समस्या भोग्न लागेको ५६, ५७ बर्ष पुग्न लागेको छ ।

भोगचलन गरेको जग्गा आफ्नो नाममा नभएपछि उनका दुःखका दिन झन जटिल बन्दै गएका छन् । जसको जोत उसैको पोत भनेर उहिले चुनाव ताका नारा लगाउँनेहरु पनि धेरै आएको तर भोट दिएर जिताइ पठाएपछि कोही फर्केर नआएको उनको गुनासो छ । तर पूर्जा पाउने आशा नमरेको न्यौपानेले सुनाए ।

देबेन्द्रको जस्तै कहानी छ ज्ञान प्रसाद पुडासैनीको । समस्याले दुःख दिएपछि मोही जग्गालाई नै धितो राखेर केही गरौं भनेका पुडासैनीले धितो राख्न नपाएपछि झन समस्या बल्झीएको सुनाए । ठूलीमाया, देबेन्द्र र ज्ञानप्रसादले भोगेको भन्दा झन फरक दुःख पाएको जीरबहादुर तामाङले सुनाए ।

बाजे, बाबुहरुले भोगचलन गरिरहेको जग्गा अंशवण्डा गरौं भन्दा समेत दर्ता नभएपछि जग्गा नै भागवण्डा गर्न नपाएको पीडा जीरबहादुरले पोखे । यो समस्या २१ साल यताको समस्या भएपनि त्यो भन्दा पहिले सजिलोको लागि जनानेर बल्झीएको समस्या हो । ८५० रोपनी जग्गालाई भोगचलन गर्दै आएका स्थानीयले झेलिरहेको यो प्रतिनिधि घटनाको सानो अंश मात्रै उठान गरिएको हो ।

यस जग्गाको केही अंश माफियाको कब्जामा पनि परेको स्थानीयले सुनाए । चुनावको मुखमा विषय उठान हुने तर जितेर गइसकेपछि आश्वासनमै सिमित रहनुले बल्झीएको यो समस्या अहिले भने स्थानीय आफै जुटेपछि समाधान हुनेमा विश्वस्त भएका छन् । स्ववासी समस्याका रुपमा रहेको यो जग्गा कान्छी महारानीको नाममा रहेको छ । मोही भएर काम गरेका तर पुर्जा प्राप्त नगरेका कारण सो जग्गामा अधिकार प्राप्तिका लागि स्थानीयले स्ववासी समस्या समाधान समिति समेत गठन गरेका छन् ।

कान्छी महारानीको नाममा रहेको उक्त जग्गा भोगचलन गर्ने स्थानीयलाई लालपूर्जा दिलाउन संस्थागत पहल गरेका स्थानीयले समिति गठन गरेका हुन । आफ्नो समस्या सरकारलाई सुनाउन र समस्या समाधानमा पहल गरिदिन भनेर सरकारमै रहेको दल नेकपा(माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणी पोखरेलको प्रमुख आतिथ्यतामा स्थानीयले बिहीवार समिति गठन गरेर समस्या दर्शाएका हुन् ।

यो समस्या सरकारले समाधान गर्ने भएकाले नागरिकका समस्यामा सरकार हल गर्ने दिसामा अघि बढिसकेको स्थायी समिति सदस्य लिलामणी पोखरेलले बताए । भूमी सम्बन्धी समस्या समाधानका निम्ति स्थानीय अगुवा राम कुमार तामाङ्ग संयोजकत्वमा स्ववासी समस्या समाधान सरोकार समिति गठन गरिएको छ । जसको सह संयोजकमा नीरबहादुर तामाङ्ग रहेका छन् ।

समितिको सदस्यहरुमा सानु कान्छा तामाङ, कुमार तामाङ, रमेश तामाङ, देबेन्द्र न्यौपाने, रघुनाथ थापा, ठूलीमाया तामाङ, शोभा श्रेष्ठ, राधाकृष्ण तामाङ, र रामसुन्दर बके रहेका छन् । समितिको बैठकले समस्या समाधानका लागि संयोजक रामकुमार तामाङलाई सम्पूर्ण अधिकार समेत दिएको नरेश खड्काले बताए । चाँगुनारायणका स्ववासीले बर्षौदेखि भोगिरहेको भूमिसम्बन्धी समस्या समाधान गरी भूमिसम्बन्धी अधिकार प्रदान गर्न संघर्ष गर्ने उदेश्यले समिति बनाएको उनको भनाइ छ ।

समिति गठन भएसंगै चाँगुका स्ववासीलाई कान्छी महारानीको जग्गा दिलाउन संस्थागत पहल शुरु भएको हो । जनताले भोगचलन गर्दै आएको भने आधा शताब्दी बितिसकेको छ । भोग चलन गरेको लामो समय भएपनि लालपूर्जा पाउन नसक्नु केही जटिल्ता भने पक्कै झेल्नु परेको छ । लालपूर्जा नपाउँदा बेचबिखन र बैंकमा धितो राख्न समस्या उनीहरुलाई समस्या परेको छ ।

तत्कालिन राज्यव्यवस्थाले हचुवाको भरमा विरता दिने र नाप नक्सा गर्दा सिंगो गाउँ नै एक कित्तामा गरिदिएकाले यस्तो समस्या आएको भन्दै दोष उसैको भएको दावी गरे । जनताले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याइसक्दा पनि कान्छी महारानीको जग्गा अझै भोगचलन गर्न जनताले नपाउनु दुखद भएको धारणा राखे । कान्छी महारानीको नामबाट कसैले हकदावी नगर्दा पनि जनताले भोगचलन गरिरहेको जग्गा नपाउँनु न्याय संगत नहुने बताए ।

नेता पोखरेलले वर्तमान सरकारले जनताको भूमि सम्बन्धी अधिकार दिलाउन कुनै कसर बाँकी नराख्ने भन्दै छिटै समस्या समाधान गरिने बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वर्षौदेखि समस्याको रुपमा रहेको गाउब्लकका भूमिहीनलाई लालपूर्जा वितरण गरिरहेको भन्दै देशभरका २० हजार भूमिहीनलाई लालपूर्जा बाडेकोले सरकारको प्रसंसा समेत गरे ।

जग्गामा दलाल र माफियाहरुको जगजगी पनि अन्त्य गरिने जिकिर गर्दै अब कान्छी महारानीको जग्गा स्थानीयको हक हुने दावी गरे । सो अवसरमा माओवादी केन्द्र भक्तपुर इन्चार्ज दिलिप प्रजापति, सह इन्चार्ज देवेन्द्र श्रेष्ठ, निवर्तमान संयोजक डिपी ढकाल, जिल्ला संयोजक सुनिल बासु लगायतले यो समस्या समाधानका लागि माओवादीले १० वर्ष युद्ध लडेको र अहिले समाधानबाट पछि नहट्ने बताए । आफ्नो पार्टी जनताको हक अधिकार स्थापनाका लागि सदैब लडिरहने दावी गरे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…