भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पूर्वप्रधानमन्त्रीकी छोरी बालकोट पुगिन्

पूर्वप्रधानमन्त्रीकी छोरी बालकोट पुगिन्

मुगु । मुगुम कार्मारोङ गाउँपालिका ८ मा बस्दै आएकी पूर्वप्रधामन्त्री केपी शर्मा ओलिले अभिभाकत्व गरेकि छोरी ठिल्ले साङमु लामा र उनकी धर्मपत्नी राधिका शाक्यले पनि अर्की छोरी छिरिङ छेन्जोङ लामालाई ग्रहण गरेकी दुबै जना लामा काठमाडौं बालकोट पुगेकी छन् ।

कर्णाली प्रदेशको पर्यटकीय मुटु रारामा २०७५ साल रारा पर्यटन बर्ष मा पूर्वप्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्य ले रारा तालको किनारमा पुगि लामा लाइ अभिभावकत्व ग्रहण गरेका हुन् ।

अभिभाकत्व ग्रहरणपछि लामो समयसम्म गाउँमा बस्दा दुवै लामालाई गाउँले र उनका साथीले केपीकी छोरी भन्दै जिस्काउने गरेका थिए । दुवै जना लामालाई पालन पोषण र पढाइ सबैको जिम्मा लिने गरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालकोट लिएको समाजसेवी पूर्णबहादुर रोकायाले जानकारी दिएका छन ।

परिवारका अनुसार हाम्री छोरीलाई पूर्वप्रधामन्त्रीले आफ्नी छोरी सम्मान मानि साथमा लिएका थिए । छोरी लामालाई उनले नै सम्पूर्ण जिम्मेवारी लिए तापनि यसभन्दा हालसम्म २ पटक मात्र १०र१० हजार नगद र एक पटक लत्ताकपडा मात्र सहयोग गरेका थिए ।

घरमा श्रीमान्को केही वर्ष पहिला मृत्यु भइसकेको थियो पालन पोषणमा निकै समस्या थियो । अहिले पूर्वप्रधानमन्त्रीले सबै जिम्मासहित काठमाडौं ल्याएछि निकै खुसी देखिन्छन परिवार ।

हामी त जन्माउने आमा भए पनि जीवनभरिको भविष्य बनाउने आमाबुबा छोरीले पाएको ठिल्ले साङमु लामाकी आमा छिचु लामाले बताइन् । अर्का पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतका मन्त्री नेता सभासदले अभिभावकत्व गरेका बाल बालिकाहरूको अहिलेको अवस्था के कस्तो छ । भन्ने कुरा अभिभावकत्व गर्ने व्यक्तिले नै भुलिसकेको बालबालिकाहरूका अभिभावकको गुनासो छ ।

 


Thali Mobile Pvt.Ltd.