भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

पूर्वमन्त्री गुरुङ र न्यौपाने भ्रष्टाचारी ठहर

पूर्वमन्त्री गुरुङ र न्यौपाने भ्रष्टाचारी ठहर

काठमाडौं । मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ सहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । ५ जनाले आरोपबाट सफाइ पाएका छन् ।

पूर्वमन्त्री गुरुङसहित तत्कालीन महिला बालबालिका तथा समाजकल्याण मन्त्री बद्रीप्रसाद न्यौपाने दोषी ठहर भएका हुन् । विशेष अदालतको फैसलापछि गुरुङ सांसद पदबाट निलम्बित हुने निश्चित भएको छ ।

उनी सर्वोच्च अदालत गएर सफाइ पाएमा मात्रै सांसदको रुपमा क्रियाशिल हुन पाउँनेछन् । मनाङबाट निर्वाचित उनी सांसद भएर काम गर्न पाएका छैनन् । भ्रष्टाचार मुद्दाका आरोपितहरु निर्वाचित भए पनि स्वतः निलम्बित हुने कानूनी व्यवस्था छ ।

जग्गा भाडा अनियमितताको मुद्दामा तत्कालिन मन्त्री एवं समाजकल्याण परिषदका अध्यक्ष बद्रीप्रसाद न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज विहारी प्रसाद चौधरी, सदस्यहरु मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, हरि न्यौपाने र सदस्य सचिव रविन्द्र कुमार यादवलाई अदालतले दोषी ठहर गरेको हो ।

मेलाका सञ्चालकहरु रविन्द्र गुरुङ र टेक बहादुर गुरुङ पनि भ्रष्टाचार दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाले गुरुङलाई भ्रष्टाचारको मतियार भएको ठहर गरेको हो ।

भृकुटीमण्डपस्थित जग्गा लिजका लिने क्रममा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.