भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

पूर्वयुवराज पारसको राजधानीका सडकमा उद्दण्डता, प्रहरीमाथि नै हातपात (भिडियाेसहित)

पूर्वयुवराज पारसको राजधानीका सडकमा उद्दण्डता, प्रहरीमाथि नै हातपात (भिडियाेसहित)

काठमाडौं । महाराजगञ्ज सडक ड्युटीमा खटिएका ट्राफिक प्रहरी कर्मचारीलाई पूर्व युवराज पारस शाहले हातपात गरेका छन् । त त भन्दै गाली गर्दै उनले हिजो शुक्रबार राति केही युवाहरुसँग मोटरसाइकलमा हुँइकिएका पूर्वयुवराज शाह नसामा लठ्ठीदै थिए।

बिना हेल्मेट तीब्र गतिमा हुँइकिएको मोटरसाइकललाई प्रहरीले रोकेको थियो। पारस शाह हुन् भन्ने प्रहरीले सुइको पनि पाएन। जथाभावी अनियन्त्रितरुपमा केटाहरुको झुण्ड हुइकिएको देखिपछि दुर्घटना हुने खतरा देखेर प्रहरीले नियन्त्रणमा लियो ।

बाइक नियन्त्रण लिएपछि मात्र उनी पारस शाह भएको थाहा भएको प्रहरीले बतायो । प्रहरीलाई ठेल्दै उनले म जान्न, तँलाई हेल्मेट चाहियो ? भनेर धकेलेका थिए । प्रहरीले पारस हो भन्ने चिनेपछि घर जान भनेकोमा उनले प्रहरीलाई ठेल्दै अपमानपूर्वक व्यवहार गरे ।

सडक ड्युटीमा खटिएका अर्का एक प्रहरीका अधिकृत भने प्रहरीको सञ्चारमार्फत महाराजगञ्ज चोकमा एकजना मादक पदार्थ सेवन गरेको व्यक्तिले लफडा गरिरहेका छन् गाडी तुरुन्त पठाउनु त साप भनेर आफ्नो तालुक कार्यालयलाई रिपोर्ट गर्दै गरेको देखिन्छ।

हेर्नुस् वितण्डा भिडियो…

 


Thali Mobile Pvt.Ltd.