काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल राज्यलक्ष्मी देवी शाह आज भारत जाँदै छन् ।
हरिद्वारमा सञ्चालित महाकुम्भ मेला–२०२१ मा सहभागी हुन शाह दम्पती त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।
महाकुम्भ मेला विशेष समितिद्वारा गरिएको विशष आमन्त्रणलाई स्वीकार्दै उनीहरु मेला भर्न सहभागी हुने भएका हुन् ।