भर्खरै : Sorry, your browser does not support inline SVG.

पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ

पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

सडकमा शङ्कास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले गएराति उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जङ्गे माझीलाई पक्राउ गरेको हो ।

प्रहरीले माझीको साथबाट दुई थान कटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने एक राउण्ड गोली र बा ४३ प ९००० नम्बरको स्कुटर बरामद गरेको छ ।

माझीलाई पक्राउ गर्ने क्रममा उनको साथमा रहेका ३० वर्षीय अश्विन दाहाल भने फरार भएको प्रहरीले जनाएको छ । माझीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.