पोलिस लगाएको चामल आयातमा वृद्धि, धानमा भन्सार शुल्क हटाउने

पोलिस लगाएको चामल आयातमा वृद्धि, धानमा भन्सार शुल्क हटाउने image

काठमाडौं । नेपाल पठाउने धानमा लाग्दै आएको २० प्रतिशत भन्सार शुल्क भारतले हटाउने भएको छ । भारतीय राजस्व विभागले नेपाल निर्यात हुने ६ लाख टन धानमा छुट दिने भएको हो । थोरै भएपनि यसले नेपाललाई राहत पुग्ने भन्सार विभागले जनाएको छ । आपूर्ति मन्त्रालयको अनुरोधमा भारतले छुट दिएको हो ।

६ लाख टनभन्दा बढी ल्याए २० प्रतिशत शुल्क लाग्ने वाचासहित भारतले कनिका, गहुँमा प्रतिबन्ध लगाएको छ । नेपालमा निकासी गर्ने परिमाणात्मक बन्देज लगाएर गरेको भन्सार छुट दिएपछि नेपालमा चामल केही सस्तो हुने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए । ठूलो जनसंख्या भएको भारतले आफ्ना जनताका लागि खाद्य सुरक्षा गर्न कडाइ गर्नु स्वाभाविक रहेको जानकार बताउछन् ।

भारतको निकासीमा कडाइ र नेपालको भन्सारमा कृषिसुधार शुल्क तथा अग्रिम आयकर शुल्क तिर्नुपर्दा चामलको मूल्य महँगो परिरहेको थियो । तर धानमा दिएको छुटले सस्तो पर्न जाने बताइएको छ । गत आर्थिक वर्षमा बेमौसमी वर्षाले क्षति पुर्‍याएकाले धान उत्पादनमा कमी आउँदा बढी आयात गर्नु परेको कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाशकुमार सञ्जेलले बताए ।

धान नेपालमै वार्षिक ५५ लाख मेट्रिकटन उत्पादन हुने गरेको छ। नेपालमा हालसम्म १५ लाख हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । भारतले निकासीमा भन्सार शुल्क तोकेर कडाइ गरेपछि नेपालमा धान आयात ह्वात्तै घटेको छ । साउनमा भारतबाट १ अर्ब ७० करोड रुपैयाँबराबरको धान आयात भएको थियो ।

तर असोजमा ३८ करोड ७५ लाख रुपैयाँबराबरको मात्रै आयात भएको भन्सार विभागको तथ्यांक छ। यस अवधिमा धानको बीउका लागि भारतबाट हुने आयात शून्य नै रह्यो । तर उपभोगका लागि भारतबाट मात्रै ल्याउने पोलिस लगाएका वा नलगाएका चामलको आयात भने वृद्धि भएको देखिन्छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • सुनको मूल्य घट्यो image

    सुनको मूल्य घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ३ सय रुपैयाँले घटेर एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

  • निजामती सेवा विधेयक पेस गरिने image

    निजामती सेवा विधेयक पेस गरिने

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१,८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे...

  • आज बैंक तथा वित्तीय संस्था बन्द हुने image

    आज बैंक तथा वित्तीय संस्था बन्द हुने

    काठमाडौँ । आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारी कार्यालयलगायत सेयर बजार, बैंक तथा...

  • ब्रेकः ४० मिनेटका लागि कारोबार बन्द image

    ब्रेकः ४० मिनेटका लागि कारोबार बन्द

    काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट लागेको छ । पहिलो सर्किट लागेर कारोबार खुलेको १ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो । बजार खुलेको केही...


hotelghyampedanda