भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

पोशाक अनिवार्य गरेपछि विद्यार्थीले प्रिन्सिपललाई बन्धक बनाए

पोशाक अनिवार्य गरेपछि विद्यार्थीले प्रिन्सिपललाई बन्धक बनाए

बुटवल । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलमा ड्रेस कोडको विवादले विद्यार्थी आन्दोलित भएका छन् । विद्यार्थीलाई पोशाक अनिवार्य गर्ने प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकको निर्णयप्रति असहमति जनाउंदै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

जसका कारण विद्यार्थीहरुले आफूलाई पाँच दिनदेखि बन्धक बनाएर राखेको शौचालय जान र खाना खानसमेत नदिएको पाठकको आरोप छ । रातभर चर्को स्वरमा स्पिकर बजाएर सुत्नसमेत नदिएको जस्ता अमानवीय व्यवहार विद्यार्थीले गरेको प्रिन्सिपल पाठकको गुनासो छ ।

डा. पाठकले आफूलाई ट्रयाप गरेर राखेको गुनासो छ । पकेटमा लुकाएर ल्याइदिएको खानेकुरा मात्र खान पाएको भन्दै आफ्नो स्वास्थ्यमा तलमाथि भए विद्यार्थीहरु नै जिम्मेवार हुनुपर्ने तर्क उनको छ ।

विद्यार्थीहरुलाई दुई पटक वार्तामा आउन लिखित अनुरोध गर्दा पनि नआएको र अराजकताको पराकाष्ठा देखाएको डा. पाठकले बताएकी छन् । विद्यार्थीहरुले माफी नमागेसम्म माग सम्बोधन गर्न नसकिने उनको अडान कायमै छ भने यता विद्यार्थीले आन्दोलन जारी राखेका छन् ।

 


Thali Mobile Pvt.Ltd.